क्वारेन्टाइनबाट महिला भागिन्, खोज्दै प्रहरी

हेल्थपोस्ट/दाङ
प्रकाशित
२०७७ जेठ २९ गते १४:३३

फाइल फोटो

दाङ तुलसीपुरमा रहेको एक क्वारेन्टाइनमा बस्दै आएकी महिला गएराति भागेकी छन्। तुलसीपुर उपमहागनरपालिका–८ मा रहेको अश्वारा माध्यामिक विद्यालयको क्वारेन्टाइनमा बस्दै आएकी महिला भागेको वडा अध्यक्ष वेदु केसीले जानकारी दिएका छन्।

२८ वर्षीय महिला बुधबर राती क्वारेन्टाइनबाट भागेकी थिइन। १० दिन पहिले भारतको चण्डीगढबाट फर्किएकी महिला श्रीमानसँगै क्वारेन्टाइनमा बस्दै आएकी थिइन्। स्थायी घर सल्यान भएपनि उनीहरू केही बर्षदेखि तुलसीपुर–५ मा बस्दै आएका थिए।

क्वारेन्टाइनबाट भागेकी महिलाको खोजी कार्य भैरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ। प्रहरी परिचालन गरेर हराएकी महिलाको खोजी कार्य भैरहेपनि नभटिएको वडा अध्यक्ष केसीले जानकारी दिए।

जिल्लाका क्वारेन्टाइनमा सुरक्षा व्यवस्था नहुँदा यहि जेठ २५ गते घोराही उपमहानगरपालिका–५ मा रहेको श्रीहरिओम प्राथमिक विद्यालय भैसापथ्रा नैनवारमा रहेको क्वारेन्टाइनमा बसेका दुई जना बाहिर निस्किएर गाउँका एक जना युवालाई कुटपिट गरेका थिए

‘क्वारेन्टाइनबाट महिला भागेको जानकारी पाएपछि प्रहरी परिचालन गरेर महिलाको खोजी कार्यमा जुटेका छौं,’ वडा अध्यक्ष केसीले भने, ‘तर अहिलेसम्म उनी भेटिएकी छैनन्।’ उनीहरू बस्नेत तुलसीपुर घरदेखि स्थायी घर सल्यान, माइतीघरमा सम्पर्क गरेर महिलाको खोजी कार्य भैरहेको प्रहरीले जानकारी दिएको छ।

ती महिला ५ दिन पहिले पनि क्वारेन्टाइनबाट भागेकी थिइन्। वडा अध्यक्ष केसीका अनुसार क्वारेन्टाइनबाट भागेकी महिलालाई नजिकैको जंगलमा फेला परेकी थिइन्। जंगलबार फर्काएर ल्यार पुन: क्वारेन्टाइनमा राखिएकोमा उनी फेरी भागेकी हुन्। उक्त क्वारेन्टाइनको गेटमा दिउँसोमा प्रहरीले सुरक्षा दिने गरेपनि रातमा खाली हुने गरेको क्वारेन्टाइनमा बस्नेहरूले बताएका छन्।

जिल्लाका क्वारेन्टाइनमा सुरक्षा व्यवस्था नहुँदा यहि जेठ २५ गते घोराही उपमहानगरपालिका–५ मा रहेको श्रीहरिओम प्राथमिक विद्यालय भैसापथ्रा नैनवारमा रहेको क्वारेन्टाइनमा बसेका दुई जना बाहिर निस्किएर गाउँका एक जना युवालाई कुटपिट गरेका थिए ।

घोराही उपमहानगरपालिका–१८ रझेनामा रहेको माध्यामिक विद्यालयको क्वारेन्टाइन निस्किएर रक्सी खाएर हल्ला गर्न थालेपछि गाउँलेले ३ जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा बुझाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय