कुवेतबाट १ सय ५० नेपाली महिला काठमाडौं आइपुगे, अरू १ सय ४९ आउँदै

कुवेतका विभिन्न सेल्टरमा रहेका १ सय ५० जना नेपाली नेपाली महिला कामदार स्वदेश फिर्ता भएका छन्। जजिरा एयरलायन्सको जहाजबाट बिहीबार बिहान ११ः३० बजे १ सय ५० जना नेपाली महिला काठमाडौं उत्रिएका हुन्।

जजिरा एयरकै अर्को जहाजमा १ सय ४९ जना आउँदैछन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार केहीबेरमा जजिरा एयरको अर्को जहाज काठमाडौं उत्रिने छ।

कुवेत सरकारले सम्पूर्ण खर्चको जिम्मेवारी लिएर नेपाली महिला कामदारलाई काठमाडौं पठाएको हो। कुवेतका विभिन्न सेल्टरमा गएको ४२ दिनदेखि नेपाली महिलाहरू स्वदेश फिर्तीको प्रतिक्षामा थिए।

तर, नेपाल सरकारले अनुमति नदिँदा झण्डै ३ हजार नेपाली महिला कामदारहरूको नेपाल फिर्तीमा ढिलाई भएको हो।

अझै २ हजार ७ सयभन्दा धेरै नेपाली महिला कामदार कुवेतका विभिन्न सहरस्थित सेल्टरमा रहेका छन्। कुवेत सरकारले उनीहरूलाई नेपाल फर्काउन आवश्यक तयारी गरिरहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय