अस्पतालले घर पठाएको बिरामीको बाटोमै मृत्यु, शव व्यवस्थापन गर्न स्वाबको पर्खाइ

बुटवलमा उपचार गरि घर फर्कदै गर्दा क्वारेन्टाइनमा रहेका एक व्यक्तिको बाटोमै मृत्यु भएको छ।

लुम्विनी प्रादेशिक अस्पतालमा उपचारपछि उनको ज्वरो कम भएको थियो। त्यसपछि उनलाई अस्पतालले घरमा गएर आराम गर्न सल्लाह दिएपछि घर फर्काइँदै थियो। त्यसक्रममा फर्कदै गरेका उनको गोरुसिंगे सन्धिखर्क सडक खण्डको कोन्द्रे खोलामा मृत्यु भएको हो ।

मृतक अर्घाखाँचीको मालारानी गाउँपालिकाका ५७ वर्षीय यमप्रसाद खनाल हुन्। परिक्षणका लागि पठाएको स्वाब हराएपछि मृतकको शवलाई मालारानी ४ खनकै रातुका चौरमा शव राखिएको मृतकका आफन्तले बताएका छन्। शव कुरेर मृतकका आफन्त र स्थानीय बसेका छन्। स्वाब रिपोर्ट हराएपछि अन्तिम दाह सस्कारको काम पनि रोकिएको उनिहरूले बताए।

जिल्ला स्वास्थ्य कार्यलयले पठाएको स्वाब प्रादेशिक जन स्वास्थ्य प्रयोगशाला भैरहबामा नभेटिएपछि राति मृतक ब्यक्तिको स्वाब निकालेर परिक्षणका लागि पठाइसकिएको छ। उक्त रिपोर्ट नआउँदासम्म शवको दाह संस्कार अन्यौलमा छ।

प्रादेशिक जन स्वास्थ्य प्रयोगशालाका निर्देशक डा. राजेन्द्र गिरीले प्रयोगशालामा स्वाब बिहिबार बिहान ११ बजे आएको र रातिसम्ममा रिर्पोट आउने बताए। स्वाब नै हराएको भन्ने हल्ला फैलिएको रहेछ तर स्वाब हराएको भन्दा पनि नाममा कन्फूज देखिएको हो। नाममा कन्फूज देखिएकाले रिर्पोट नदिइएको उनले बताए।

‘हामीले डाउट लाग्नासाथ रिर्पोट रिज्याक्ट गछौं’, गिरीले भने। केही दिन अघि पनि रुपन्देहीको सम्मरीमाई गाउँपालिकाबाट संकलन भएको ६१ वटा स्वाबको नमूना रिज्याक्ट गरिएको उनले बताए।

मालारानी गाउँपालिका ४ ब्याडापाटाको सार्वजनिक आधारभुत विद्यालयमा रहेको क्वारेन्टाइनमा बसेका ५७ वर्षीय यमप्रसाद खनालको जेठ २३ गते स्वाब संकलन गरी कोरोना जाच गर्न प्रादेशिक जन स्वास्थ्य प्रयोगशाला भैरहबामा पठाइएको थियो ।

भारतबाट आएका उनी विगत १४ दिनदेखि क्वारेन्टाइनमा बस्दै आएका थिए। घाटीको सल्यक्रिया समेत गरेका उनलाई स्वास प्रश्वासमा समस्या आएपछि उपचारकोलागि मंगलबार जिल्ला अस्पताल सन्धिखर्कमा लगिएको थियो। सन्धिखर्कमा सामान्य उपचारपछि उनलाई थप उपचारको लागि लुम्विनी प्रादेशिक अस्पताल बुटबल रिफर गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय