बयालपाटा अस्पतालमा आत्मदाह गरेका कर्मचारीका परिवारलाई राहत, ३१ कर्मचारीको जागिर थमौती

जागिर गुमाएपछि आत्मदाह गरेका कर्मचारीको परिवारलाई बयालपाटा अस्पतालले रोजगारी तथा आर्थिक सहायता दिने जनाएको छ।

घटनाको चारदिनपछि अस्पतालले एक विज्ञप्ति जारी गरेर यस्तो निर्णय सार्वजनिक गरेको हो। अस्पताल प्रशासनले ३२ जना कर्मचारीको करार सम्झौता नविकरण नगरेपछि सरसफाइ कर्मचारी सिद्धार्थ आउजीले अस्पतालमै आत्मदाह गरेका थिए।

घटनाको देसव्यापी विरोध भएपछि अस्पताल प्रशासनले करार सम्झौतालाई निरन्तरता दिने निर्णय पनि गरेको छ। अब ती ३१ जना कर्मचारीको जागिर थमौति हुने छ

अस्पतालका अध्यक्षका सुरज वैद्यले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सरोकारवालाहरूको सुझाव सल्लाह बमोजिम मिति २०७७ साल बैसाख ३१ गतेको यस संस्थाको कार्यकारिणी समितिले आगामी आर्थिक वर्ष २०७७/७८ मा संस्थामा कार्यरत केही कर्मचारीहरूको करार सम्झौता नविकरण नहुने भनी गरेको निर्णय हाललाई स्थगित गरिएको छ।’

अस्पताल प्रकरणबारे हेल्थपोस्ट नेपालले सुरुआतदेखिनै समाचार प्रकाशित गर्दै आएको थियो।

कर्मचारी निष्कासन प्रकरण- अस्पताल र नगरपालिकाको भनाइ बाझियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय