कोरोनाबाट भारतमा एकैदिन ३५७ को मृत्यु, १० हजार संक्रमित

कोरोना भाइरस संक्रमणका कारण भारतमा एकैदिन ३ सय ५७ जनाको मृत्यु भएको छ भने १० हजार संक्रमित थपिएका छन्।

भारतमा कोरोना भाइरस संक्रमणको दर दिनदिनै बढ्दै गइरहेको छ। बितेको २४ घण्टामा भारतमा थप ९ हजार ९ सय ९७ जनामा भाइरसको संक्रमण रहेको पुष्टि भएको छ।
योसँगै भारतमा भाइरसका कारण ज्यान गुमाउनेको संख्या ८ हजार १ सय ७ पुगेको छ।

भारतमा कोरोना संक्रमितको संख्या २ लाख ८७ हजार १ सय ५५ जना पुगेको छ। संक्रमितमध्ये १४ लाख ९ सय ७९ जना उपचिारपछि निको भएका छन्।

भारतमा अहिलेसम्म ५० लाख ६१ हजार ३ सय ३२ जनाको स्वास्थ्य परीक्षण गरिएको छ। भाइरसका संक्रमितमध्ये ८ हजार ९ सय ४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय