जडिबुटीको नियमित सेवन गरौं, स्वस्थ रहौं : आयुर्वेद डाक्टर बद्री गौतम

कोरोना भाइरस महामारीका कारण संसार आक्रान्त छ। भाइरसको संक्रमणले नेपालमा पनि प्रभुत्व जमाइसकेको छ।

कोरोना भाइरसको संक्रमण फैलिँदै जाँदा अस्पताल तथा स्वास्थ्य सेवा प्रदायक संस्थाहरू कोरोना भाइरसका बिरामीलाई प्राथकिमता दिइरहेका छन्।

सरकारले कोरोना भाइरसका बिरामीलाई प्राथमिकता दिने उर्दी नै जारी गरेको छ। यसका साथै सरकारले सर्वसाधारणलाई ज्वरो, रुघाखोकि, फ्लु तथा अन्य सामान्य लक्षण देखिएमा अस्पताल आवश्यक नपर्ने बताइरहेको छ। अर्थात कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको र गम्भीर स्वास्थ्य अवस्था भएकालाई मात्रै अस्पताल आउन सरकारले आग्रह गरेको छ।

सामान्य स्वास्थ्य परीक्षण तथा ज्वरो खोकि तथा अन्य मौसमी फ्लुका लागि अस्पताल जान पाइने अवस्था छैन। एकातिर लकडाउन छ भने अर्कातिर अस्पतालहरूमा कोरोना भाइरसका बिरामीको संख्या बडिरहेकाले बेड तथा जनशक्ति महामारीसँग जुधिरहेको छ।

विश्वभरको अहिलेसम्मको तथ्याङ्क हेर्दा अस्वस्थ तथा स्वासथ्य अवस्था कमजोर भएकाका कोरोना भाइरस संक्रमणको जोखिम बढी रहेको पाइएको छ। रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम हुँदै गएमा भाइरसले च्पाप्नसक्ने तथ्य पुष्टि भएको छ।

यस्तो अवस्थामा घरमै स्वस्थ सुरक्षित रहने तथा कोरोना भाइरस संक्रमणसँग जुध्न तन्दुरुस्त रहन आयुर्वेद औषधी तथा जडिबुटीको सेवन गर्न आवश्यक रहेको बताउँछन् आयुर्वेद डाक्टर बद्रि गौतम।

‘रोगसँग लड्नसक्ने क्षमता भएपछि रोगले समात्दैन। स्वस्थ रहन आयुर्वेदिक औषधी तथा आफ्नै वरपर पाइने जडिबुटी सेवन गरौं। स्वस्थ रहौं’, डा. गौतम भन्छन, ‘आयुर्वेद तथा जडिबुटी सेवन गर्दा कोरोना तथा अन्य मौसमी फ्लुसँग लड्ने प्रतिरोधात्मक क्षमता बढ्छ।’

गौतमका अनुसार बेसार, तुलसी, निम, असुरो, अदुवा, ज्वानो, मरिच, दाल्चिनी, वीरेनुन तथा हिङको नियमित सेवनले मानिसलार्ई स्वस्थ, तन्दुरुस्त राखी रोगसँग लड्नसक्ने क्षमताको विकास गर्छ। अश्रुगन्धाले सबैभन्दा बढी इनर्जिदिने भन्दै उनले यसको नियमित सेवन गरे रोगले च्पाप्न नसक्ने बताए।

‘अश्रुगनधाको नियमित सेवनले रोगसँग लड्नसक्ने क्षमतामा वृद्धि गरी मानिसलाई स्वस्थ बलियो बनाउँछ। अश्रुगन्धाले कोरोना भाइरस संक्रमणको जोखिमलाई कम गर्नुका साथै संक्रमणलाई बढ्न समेत दिदैन,’ उनले भने।

उनले महामारीको समयमा सामान्य रोग तथा फ्लुका लागि अस्पताल जान नपाइरहेको अवस्थामा बजार तथा घरमै पाइने जडिबुटीको सेवन गरी स्वस्थ रहनुपर्ने बताए।

आयुर्वेद औषधीले कोरोना भाइरसको संक्रमणलाई निको पार्न नसक्ने भए पनि केही हदसम्म बचाउने उनको भनाई छ। ‘अश्रुगन्धा तथा अन्य जडिबुटीको सेवनले कोरोना नै निको पार्छ भन्ने होइन तर संक्रमण पस्न नदिन तथा पसेको भएपनि बढ्न नदिन महत्वपूर्ण भूमिका खेल्छ, इम्यसनिटी पावर बढाउँछ। स्वस्थ रहन जडिबुटीको प्रयोग गरौं,’ डा. गौतम भन्छन्।

आयुर्वेदिक औषधिहरू सवास्थ्य अवस्था कमजोर भएकाले मात्रै सेवन नगरी स्वस्थ मासनसले सेवन गर्दासमेत फाइँदा पुग्ने गौतमको दावी छ। आयुर्वेदिक औषधीले जो सुकैलाई पनि फाइँदा गर्ने र यसको नियमित सेवनले मानिसलाई स्वस्थ तन्दूरुस्त र बलियो बनाइराख्ने उनी बताउँछन्।

डा. गौतम २८ वर्षदेखि आयुर्वेद औषधीको अध्ययन अनुसन्धानमा लागिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय