तीन महिनादेखि अनुपस्थित डाक्टरलाई सात दिनभित्र हाजिर नभए जागिरबाट निकाल्ने चेतावनी
रुपन्देहीको शुद्धोधन गाउँपालिका मोतिपुर प्राथमिक स्वास्थ्य केन्द्रमा खटाईका डा. सिमा शर्मालाई ७ दिनभित्र कार्यलयमा हाजिर हुन प्रदेश पाँच सरकारले निर्देशन दिएको छ। प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले एक सुचना जारी गर्दै उक्त निर्देशन दिएको हो।
फागुन १८ देखि कार्यलयमा कुनै जानकारी नगराई अनुपस्थित भएको भन्दै मन्त्रालयले सो जानकारी दिएको हो। मन्त्रालयले जारी गरेको विज्ञप्तिमा कारोना परिचाहन, नियन्त्रण र उपचारमा थप जिम्मेवारी हुनुपर्नेमा महिनौंसम्म अनुपस्थित भएकाको अवस्थामा ७ दिन भित्र स्पष्ट कारणसहित उपस्थित हुन भनिएको छ।
सुचना जारी भएको ७ दिन भित्र कार्यलयमा उपस्थित नभए नेपाल छात्रवृत्ति प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन निर्देशन, २०७१ को दफा २० को उफदफा (५) बमोजिम गरिएको करार रद्द गर्न स्वास्थ्य सेवा विभागमा पठाउने चेतावनी दिइएको छ।
25k Drs navako desma 2lac above registration no. Vako dr ko khoji suru vayexa….. Aba janmaidai najanmeko bichara spastikaran dina mantralaya kasari janxa hola!!!!! 🤔🤔🤔🤔