जाँचमा ढिलाइ भएको भन्दै क्वारेन्टाइनमा बसेकाहरूको जुलुस

जाँचमा ढिलाइ भएपछि महोत्तरीको पिपरा क्वारेन्टाइनमा रहेकाहरु बाहिर निस्केर प्रदर्शन गरेका छन् । क्वारेन्टाइनमा बसेको १५÷१६ दिनभन्दा बढी भइसक्दासमेत जाँच नभएको भएको भन्दै उनीहरु सडकमा निस्केर विरोध प्रदर्शन गरेका हुन् ।

महोत्तरीमा भारतबाट आएर क्वारेन्टाइनमा बसेको १५ दिनभन्दा बढी भइसक्दासमेत गाउँपालिकाले कोरोना परीक्षणमा चासो नदेखाएको भन्दै पिपराको एउटा क्वारेन्टाइनमा रहेकाहरूले प्रदर्शन गरेका छन्।

पिपरा गाउँपालिकाको मुकाम पिपरास्थित रामनारायण अयोध्या मावि क्वारेन्टाइनमा ५७ जना नाराबाजी गर्दै क्वारेन्टाइनबाट निस्केर गाउँपालिका कार्यालय घेराउ गर्न पुगेका थिए।

प्रहरीले एक दुई दिनभित्र स्वाब परीक्षण गराइदिने आश्वासन दिएपछि उनीहरु पुनः क्वारेन्टाइनभित्र फर्केका छन्।

भारतबाट आएका आफूहरू क्वारेन्टाइन बसेको १५ दिनभन्दा बढी भइसकेको क्वारेन्टाइनमा रहेका स्थानीय जीवछ पासवानले बताए।

क्वारेन्टाइनभित्र बसेको दुई सप्ताहभन्दा बढी भइसके पनि सामान्य जाँचसमेत नभएपछि आक्रोशमा आएर सबैजना गाउँपालिका कार्यालय घेराउ गर्न बाहिर निस्किएको उनको भनाई छ।

‘हामी यहाँ आएको १६ दिनभन्दा बढी भइसकेको छ, अहिलेसम्म कुनै जाँच भएको छैन्,’ पासवानले टेलिफोनमा भने,‘गाउँपालिका अध्यक्षलाई पटक पटक भनेका छौं, तर उहाँले चासो लिनु भएको छैन।’

‘कि त हाम्रो जाँच गर्नुप-यो कि त घर पठाइदिनु प-यो, जबरजस्ती थुनेर राख्न पाइन्न,’ उनी भन्छन् ।

गाउँपालिकाले क्वारेन्टाइनमा बस्नेहरूका लागि खानपिनको समेत उचित व्यवस्थापन नगरेको उनको आरोप छ। ‘दुई छाक खाना दिइएको छ, त्यो पनि सबैलाई पुग्दैन, आजसम्म बिहानको खाजा खाना पाएका छैनौं,’ पासवानले भने,‘पशु सरह व्यवहार गरिएको छ । चाँडै स्वाब परीक्षण गरिदिए कमसेकम घर फर्कन त पाइन्छ।’ क्वारेन्टाइनको व्यवस्थापन हेर्न गाउँपालिका अध्यक्षलाई बोलाउँदा आउन नमानेको उनको भनाइ छ ।

यस विषयमा पिपरा गाउँपालिका अध्यक्ष विक्रम चौधरीसँग बुझ्न खोज्दा उनको फोन उठेन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय