स्वास्थ्य सामग्री खरिदबारे आएका समाचारमा सेनाको आपत्ति

स्वास्थ्य सामग्री खरिदमा सेनालाई अनावश्यक विवादमा पार्ने काम गरिएको भन्दै जंगी अड्डाले आपत्ति जनाएको छ। शुक्रबार जंगी अड्डाले विज्ञप्ति जारी गरी चीनबाट स्वास्थ्य सामग्री खरिद स्वीकृत मापदण्डअनुसार नै भएको जनाएको छ।

नेपाली सेनाले महंगो मूल्य राखेर खरिद गरेको भन्दै सूचना सम्प्रेषण भएपछि सेनाले खण्डन गरेको हो। ‘सेनाबाट प्रचलित प्रक्रिया र मापदण्डबमोजिम खरिद भएका सामग्रीहरूको मूल्यको तुलनामा बिना तथ्य-प्रमाण राष्ट्रिय सेनालाई आक्षेप लगाउन खोज्नु अत्यन्त गम्भीर हो,’ जंगी अड्डाले विज्ञप्तिमा भनेको छ।

सेनाले चैत १६ गते जिटुजी प्रक्रियाबाट स्वास्थ्य सामग्री खरिद गर्ने अनुमति पाएको थियो। मन्त्रिपरिषदको निर्णयअनुसार सेनाले रक्षा मन्त्रालयबाट स्वास्थ्य मन्त्रालयको समन्वय र सिफारिसको आधारमा खरिद गर्ने अनुमति पाएको थियो।

सेनाले रक्षा मन्त्रालय, पराष्ट्र, स्वास्थ्य मन्त्रालयसँग सहमति लिएर मात्र स्वास्थ्य सामग्री खरिद गरेको प्रष्ट्याएको छ।

‘अन्तर्राष्ट्रिय बजारमा गुणस्तर प्रमाणित गर्न नसकिने गरी फरक-फरक मूल्यमा उपलब्ध भइरहेको बेलामा नेपाली सेनाले चीन सरकारबाट लागू गरिएको नेसनल मेडिकल प्रोडक्ट बमोजिमका मान्यता प्राप्त सामग्रीहरू मात्रै आयात गर्ने व्यववस्था मिलाइएको थियो,’ सेनाले भनेको छ, ‘पारदर्शीताका लागि चीन सरकारबाट तोकिएको सरकार नियन्त्रित कम्पनीबाट प्राप्त सरकारी मूल्यसूचीलाई सरकारका सम्बद्ध सबै नियकाहरू रक्षा, परराष्ट्र र स्वास्थ्य मन्त्रालयको समन्वय र सहमति लिएर खरिद गरिएको हो।’

सेनाले चीनको सरकारी कम्पनी सिनोफर्माबाट ३४२ टन मेडिकल सामग्री आयात गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय