प्रदेश २ मा संक्रमितको संख्या १५ सय नाघ्यो, एकैदिन थपिए १९६

प्रदेश २ मा कोरोना संक्रमितको संख्या १५ सय नाघेको छ। बुधबार एकैदिन १९६ जना नयाँ कोरोना संक्रमित थपिएसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या १ हजार ५७३ पुगेको हो।

बुधबार सबैभन्दा बढी रौतहटमा ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ६८ जना नयाँ संक्रमित थपिएसँगै रौतहटमा कोरोना संक्रमितको संख्या ४७६ पुगेको छ। रौतहटको घिउरा, गौर, टिकौलिया र राजपुरस्थित क्वारेन्टाइनमा रहेका ६८ जनामा संक्रमण पुष्टि भएको हो।

महोत्तरीमा ४४ जनामा संक्रमण पुष्टि भएको छ। महोत्तरी सदरमुकाम जलेश्वर क्वारेन्टाइनका ३१ र मनरासिसबा नगरपालिका स्थित क्वारेन्टाइनका १३ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। ४४ जना थपिएसँगै महोत्तरीमा कोरोना संक्रमितको संख्या १६७ पुगेको छ।

यसैगरी धनुषाको २२ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। धनुषाको मिथिला नगरपालिकास्थित क्वारेन्टाइनका ११, विदेह नगरपालिका क्वारेन्टाइनका ७ र जनकनन्दनी गाउँपालिकाका ४ गरी २२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। २२ जना थपिएसँगै धनुषामा कोरोना संक्रमितको संख्या १४४ जना पुगेको छ।

सर्लाहीमा ४३ मा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। सर्लाहीको रामनगर गाउँपालिका, कविलासी गाउँपालिका, चन्द्रनगर गाउँपालिका र हरिवन नगरपालिकास्थित क्वारेन्टाइनमा रहेका ४३ जनामा संक्रमण देखिएको हो। सर्लाहीमा कोरोना संक्रमितको संख्या ४१४ पुगेको छ।

यसैगरी सिरहामा १३ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। सिरहा नगरपालिका, बरियारपट्टी र सुखीपुरस्थित क्वारेन्टाइनका १३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। सिरहामा कोरोना संक्रमितको संख्या ६२ पुगेको छ।

बुधबार सप्तरीको छिपरामाइस्थित क्वारेन्टाइनका ६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय