नेपाल मेडिकल कलेजका चिकित्सक कुटपिट घटनामा एक पक्राउ

नेपाल मेडिकल कलेजका डाक्टरलाई हातपात गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।  महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार जोरपाटीका प्रकाश चौलागाईंलाई पक्राउ गरिएको हो।

जेठ १४ गते उपचारको क्रममा उनकी ६४ वर्षीया आमाको मृत्यु भएपछि चिकित्सकमाथि हातपात भएको थियो।  सो घटनामा प्रहरीले चौलागाईंलाई काजकिरिया सकिएपछि पक्राउ गरेको हो।

उनलाई अभद्र व्यवहार कसुरमा काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट सात दिन हिरासतमा राख्न बुधबार अनुमति लिइएको परिसरले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय