भाडा विवादपछि पर्यटन मन्त्रालयद्वारा छानबिन समिति गठन

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ जेठ २८ गते १६:४६

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक छानबिन समिति गठन गरेको छ।

नेपाल वायुसेवा निगमको जहाज चार्टर्ड गर्दा यात्रुबाट अस्वाभाविक रूपमा बढी रकम लिइएको गुनासो आएपछि बुधबार छानबिन समिति गठन गरिएको हो।

नेपालमा रहेका विदेशी तथा भिषा अवधि सकिन लागेका नेपाली यात्रुलाई उद्धार गर्ने क्रममा हङकङ र जापान चार्टर्ड गर्दा ट्राभल एजेन्सीहरूले बढी रकम उठाएको गुनासो आएको थियो। गुनासो आएपछि त्यसको सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सहसचिव सुरेश आचार्यको नेतृत्वमा मन्त्रालयले तीन सदस्यीय समिति गठन गरेको छ। समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय