नेपालमा ४ हजार ३६४ जनामा कोरोना संक्रमण

कोरोना आशंका पिसिआर मार्फत परीक्षण गर्दा बुधबार थप २७९ जनामा संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मगंलबार प्रवक्ता डा.जागेश्वर गौतमले थप २७९ जनामा कोरोना संक्रमण देखिएको बताए ।

बुधबार थपिएका मध्ये २५७ पुरुष र २२ महिला रहेका छन् । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सो संक्रमण देखिएको हो।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङ जिल्लाका ८ जना पुरुष र झापाको १ महिलामा संक्रमण पुष्टि भएको छ । कोसी अस्पतालमा झापाका ४ पुरुषमा, उदयपुरका १ पुरुष संक्रमण देखिएको छ । त्यसैगरी भरतपुर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २ पुरुषममा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा नवलपुरका एक पुरुषमा कोरोना देखिएको मन्त्रालयले जानकारी दिएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा सलार्हीका २ पुरुषमा संक्रमण फेला परेको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा कपिलवस्तुका ७ पुरुष र नवलपरासी पश्चिमका ५ पुरुष, पल्पाका ११ पुरुष र १ महिला, प्युठानका ६ पुरुष र रुपेन्दहीका ७ पुरुषमा संक्रमण देखिएको छ ।

बाँकेको ३ पुरुष र बर्दियाको एक पुरुषमा भेरी अस्पतालमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको छ। विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सप्तरीका ५ पुरुष र एक महिलामा कोरोना देखिएको छ। सुर्खे प्रादेशिक अस्पतालको प्रयोगशालामा देलेखका २३ पुरुष र २ महिला, जाजरकोट ३ पुरुष, सुर्खेतका ६ पुरुष र ३ महिलामा संक्रमण पुष्टि भएको छ ।

दार्चुलाका १ पुरुष, कैलालीका २ महिला र १० पुरुष, कञ्चनपुरका २ जना पुरुष, डडेलधुराका १ पुरुषमा सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा संक्रमण देखिएको हो। त्यसैगरी, धुलिखेल अस्पतालमा सलार्हीका १० पुरुष र कपिलवस्तुका १८ पुरुष र एक महिलामा संक्रमण देखिएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल गरिएको परीक्षणमा धादिङका १२ पुरुष र ४ महिलामा संक्रमण देखिएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा धनुषका ११ पुरुष,गोरखाका ३ पुरुष र एक महिला, कपिलवस्तुको ३ महिला र १९ पुरुष, नुवाकोटका एक पुरुष, रौतहटका १ महिला र ५२ पुरुष, सलार्हीका १५ पुरुष, सिन्धुपाल्चोकका २ पुरुष, सिराहा १ पुरुष, उदयपुरका १ महिला र २ पुरुषमा संक्रमण पुष्टि भएको छ।

यो सँगै कोरोना संक्रमित संख्या ४ हजार ३ सय ६४ पुगेको मन्त्रालयले जनाएको छ।

जसमध्ये ४ हजार ५५ पुरुष र ३ सय ९ महिलामा संक्रमण पुष्टि भएको छ । हालसम्म ६७४ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन्। गत २४ घण्टामा ९० जना डिस्चार्ज भएका छन् ।

डिस्चार्ज भएका मध्ये ५९५ पुरुष र ७९ जना महिला रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हालसम्म देशका ७२ जिल्लामा संक्रमण देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय