क्वारेन्टाइन तथा होटलका क्वारेन्टाइन सञ्चालनमा असहयोग गरे कारबाही गरिने

सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सञ्चालनमा ल्याएका क्वारेन्टाइन, होल्डिङ सेन्टर र होटल क्वारेन्टाइन सञ्चालनमा कसैले अवरोध तथा असहयोग गरे कारबाहि गर्ने भएको छ।

बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुचना जारी गर्दै जिल्ला संकट व्यवस्थापन केन्द्र काठमाडौंको निर्णय अनुसार स्थानीय तहमा निर्माण गरिएको क्वारेन्टाइन तथा होटल क्वारेन्टाइन सञ्चालनमा विभिन्न बहानामा असहयोग अवरोध हुने गरेको भन्ने गुनासो बढेकाले कसैले त्यस्तो कार्य गरे कारबाही गर्ने बताएको हो।

‘नेपाल सरकारको निर्णय बमोजिम संकट व्यवस्थापन गर्ने कार्यमा कसैले अवरोध पु-याए संत्रलमण रोग ऐन २०२० लगायत अन्य प्रचलित कानुन बमोजिम कारबाही गरिने छ,’ प्रशासनले निकालेको सुचनामा भनिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय