खोलौं कि, नखोलौं !

लामो समयदेखि देश ‘लकडाउन’मा छ। कुनै विकल्पबिना लगातार लकडाउन बढ्दै गएपछि आम मानिस तथा व्यवसायीहरूसमेत अत्तालिइसकेका छन्।

केही दिनदेखि छिटफुट रूपमा काठमाडौंका पसलहरू खुल्न थालेका थिए। यसरी खुल्न थालेका पसल प्रहरीले आएर बन्द गर्न भन्याे। सरकारले कुनै विकल्प नदिएपछि व्यापारीहरु अन्योलकै बीचमा पसल आधा खोलेरै चलाएको देखिन्थ्यो। त्यसैले व्यापारीले पसलको सटर आधामात्रै खोल्न थाले, प्रहरी आए सटर तान्ने अनि प्रहरी नआउँदासम्म सामान बेच्ने।
त्यहीक्रममा न्यूरोडलगायत ठाउँठाउँमा प्रहरी र व्यापारीबीच झडप पनि भयो।

हामीले मंगलबार दिनभर काठमाडौंका विभिन्न ठाउँमा आधामात्रै खुलेका पसलहरू केही तस्बिर कैद गरेका छौं-

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय