विद्यार्थीद्वारा मुख्यमन्त्रीलाई ज्ञापन : टिप्परमा कोचेर हैन, सुरक्षित तरिकाले नागरिक ओसार

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ जेठ २८ गते १५:१०

धनगढीमा रहेका स्वतन्त्र विद्यार्थीहरुले भारतबाट आएका नागरिकलाई टिप्परमा कोचेर झनै खतरामा नपार्न सुदूरपश्चिमका मुख्यमन्त्रीलाई सुझाव दिएका छन् ।
बुधबार धनगढी स्थित मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाउँदै विद्यार्थीहरुले भारतबाट नेपाल भित्रिने नागरिकलाई टिप्परमा कोचेर झनै जोखिम बढाएको भन्दै त्यसतो कार्य तत्काल बन्द गर्न आग्रह गरेका छन् ।

‘सरकारले जनताको सुरक्षा गर्नेहो’ ज्ञापनपत्रमा भनिएको छ–‘तर प्रदेश सरकारले नै जनतालाई असुरक्षित तुल्याएको छ, यस्तो काम तत्काल बन्द गरी सुरक्षित तरिकाले नागरिकलाई ओसार्नु पर्द छ ।’

ज्ञापन पत्रमा नागरिकको कोरोना परिक्षण गर्दा र्‍यापिट टेष्ट विधीको प्रयोग हटाइनुपर्ने, स्वास्थ्यकर्मीलाई आवश्यक पिपीई लगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराउनु पर्ने, कोरोना परिक्षका लागि सवै जिल्लामा ल्याब उपलब्ध गराई आवश्यक पिसीआर किट उपलब्ध गराउनु पर्ने, क्वारेण्टाईनको उचित व्यवस्थापन गरिनुपर्ने लगायत ८ बुदा समावेस गरिएका छन् ।

यस अघि वुयाहरुले मुख्यमन्त्री कार्यालय घेराउ गर्दै र्‍यापिट टेष्ट तत्काल बन्द गर्न माग गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय