मजदुर घर फर्काउन अमिताभ बच्चनले गरे विमान चार्टर्ड

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ जेठ २८ गते १३:५९

बलिउड कलाकारहरू यतिबेला कोरोना भाइरसका कारण अलपत्र परेका सर्वसाधारण तथा मजदुरलाई सहयोग गरेर घर फर्काउने कार्यमा जुटिरहेका छन्।

बलिउड अभिनेता सोनु सुदपछि मजदुर तथा सर्वसाधारणलाई घर फर्काउनमा लागेका छन् बलिउड सुपरस्टार अमिताभ बच्चन। उनले कोरोना भाइरसका कारण अलपत्र तथा समस्यामा परेका करिब ५ सय मजदुरलाई घर फर्काउन तीन फ्लाइट बुक गरेका छन्।

बच्चनले बनारस घर भएका र समस्यामा परेका मजदुरलाई मुम्बईबाट फर्काउन फ्लाइट बुक गरेका हुन्।

यसअघि पनि बच्चनले उत्तर प्रदेशका मजदुरलाई घर फर्किन दश बसको व्यवस्था गरेका थिए। मुम्बईबाट प्रकाशित हुने मिड डे का अनुसार बच्चनले मजदुरलाई घर फर्काउन इण्डिगो एयरलाइन्सको फ्लाइट बुक गरेका छन्। विमान बुधबार मजदुरलाई लिएर बनारस जानेछ।

सुरुमा मजदुरलाई रेलबाट घर पठाउने योजना रहेको भएपनि विभिन्न कारणले त्यो सम्भव नभएपछि उनीहरूलाई फ्लाइटमार्फत पठाउन लागिएको हो।

अमिताभले बिहार, पश्चिम बंगाल, तामिलनाडुसहितका केहि राज्यहरूका मजदुरलाई घर फर्काउन थप फ्लाइट बुक गर्ने बताइएको छ।

बच्चनले लकडाउनका कारण समस्यामा परेका सिने क्षेत्रमा दैनिक ज्यालादारमिा काम गर्ने १ लाख सर्वसाधारणलाई राहात तथा रासन सहयोग गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय