र्यापिड टेष्ट बन्द गर्न माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि धर्ना
धनगढीका युवाहरूले कोरोना रोग पत्तालगाउन प्रयोगमा ल्याइएको र्यापिड किट बन्द गर्न मागगर्दै सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिएका छन्।
कोरोना भाइरस रोग पत्ता लगाउन स्वास्थय चेकजाँचका लागि प्रयोग गरिदै आएको र्यापिड टेष्ट विधी विश्वस्नीय नरहेको र त्यसैको भरपर्दा समुदायमा कोरोना महामारी फैलने खतरा रहेकोभन्दै युवाहरूले सो विधी बन्द गर्न माग गरेका हुन्।
विश्व स्वास्थ्य संगठनले नै र्यापिट टेष्ट विधी विश्वस्नीय नभएको प्रमाणित गरेको अवस्थामा नेपालमा अझै र्यापिट टेष्टकै प्रयोग गरी स्वास्थ्य परिक्षण गर्ने गरेको भन्दै युवाहरूले तत्कालै सो विधी हटाई पिसिआर विधीबाट स्वास्थ्य चेकजाँच गर्न माग गरेका हुन्।
‘इनफ इज इनफ’ फेसबुक पेजमा पोष्ट गरिएको ‘र्यापिट टेष्ट विधी बन्दगराउन दबाव’ लाई हेरेर आफुहरू स्वस्फूर्तरुमा मुख्यमनत्री कार्यालय अगाडी पुगेको धनगढी–२ का गौरभ कुँवरले बताए।
‘स्वास्थ्य चेकजाँच नगर्ने अनि लकडाउन बढाएर जनतालाई घरमा थन्काउने सरकारको प्रवृतिका कारण कोरोनाको महामारी बढ्दै गएको छ,’ उनले भने,‘विश्वस्नी नभएको र्यापिट टेष्ट विधीबाट स्वास्थ्य चेकजाँच बन्द गर्नुपर्दछ, रोग नियन्त्रण गर्न पिसिआर विधीको अधिक प्रयोग गर्दै प्रयोगशालाको क्षमता बढाउनुपर्छ भन्ने हाम्रो माग हो।’
गौरिफण्टा नाका बाट दैनिक पाँच हजार बढी नागरिक भित्रिरहँदा सुदूरपश्चिम प्रदेशमा २/३ सयको मात्रै पिसीआर स्वास्थ्य चेकजाँ हुने गरेकोे भन्दै किरन बमले सरकार जनताको स्वास्थ्य प्रति गम्भीर बनोस भनेर धर्ना दिएको बताए।
धर्ना कार्यक्रममा ‘कि सुरक्षा निभाउ हैन भने मरिरहेका जनताको जिमेवारी लेउ, जनता कोरोनाले हैन, लापर्वाहीले मर्दैछन्, सरकारले जिम्मेवारी पुरा गरे हाम्रो साथ छ, नागरिकलाई भौकै मार्न पाईदैन, आवश्य स्वास्थ्य सामाग्री ल्याउ, र्यापिट टेष्ट बन्द गर’ लेखेका पम्प्लेट बोकेर युवाहरूले धर्ना दिएका थिए।
‘इनफ इज इनफ’ फेसबुक पेजमार्फत संयोजन गरेका विनोद देउवाले जनता कोरोनाको महामारीसँगै भोकले मरिरहेका वेला प्रदेश सरकार निष्कृय बनेका कारण धर्ना कार्यक्रम आयोजना गरिएको बताए।