झापाका दुई युवाले गरिदिए २२ प्रहरीको कोरोना बिमा

राजेन्द्र गौतम/झापा
प्रकाशित
२०७७ जेठ २८ गते १२:२९

प्रहरीको कोरोना बिमा सरकारको दायित्व हो। तर, सरकारले त्यस्तो कुनै योजना नल्याएपछि झापामा नागरिक तहबाट प्रहरीको कोरोना बिमा सुरु गरिएको छ।

इलाका प्रहरी कार्यालय सुरुङ्गामा कार्यरत २२ जना प्रहरीको स्थानीय दुई युवाले नि:शुल्क कोरोना बिमा गरेका छन्। उच्च जोखिम मोलेर सेवा गरिरहेका प्रहरीमा कोरोना संक्रमण बढ्दो अवस्थामा रहेकाले सरकारको ध्यान यसतर्फ केन्द्रीत गर्न बिमा गरिएको उनीहरूले बताए।

कन्काई नगरपालिका- ४ का झलकरमण भट्टराई र ३ का सुरज रिजालले प्रहरीको कोरोना बिमा गरिदिएका हुन्।

जनही एकलाख रुपैयाँ बराबरको बिमा गरिएको उनीहरूले बताए। कोरोना महामारीको बेला स्वास्थ्यकर्मीपछि सुरक्षाकर्मी अग्रभागमा रहेर काम गरिरहेका र उच्च जोखिममा भएकाले बिमा गरिदिएको ती युवाले बताए।

वीमाको पोलिसी कन्काई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख नायव निरीक्षक पदमसुन्दर लिम्बुलाई हस्तान्तरण गरे।
कोरोना बिमाले कर्मक्षेत्रमा खटिन उच्च मनोवल प्राप्त भएको प्रहरी नायव निरीक्षक लिम्बुले प्रतिक्रिया दिए। यसअघि युवाद्वयले कन्काई नगरपालिका र झापा गाउँपालिकाका १७ पत्रकारलाई एन ९५ मास्क र सेनिटाइजर प्रदान गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय