कोरोना संक्रमण देखिएका तमिलनाडु विधानसभा सदस्यको मृत्यु

कोरोना भाइरसका कारण भारतको तमिलानाडु राज्यको विधानसभा सदस्य जे अन्बझागानको निधन भएको छ।

चेन्नइस्थित डाक्छर रेला इन्सिटच्युट एनड मेडिकल सेन्टरमा उपचारत रहेका उनको बुधबार बिहान भाइरसका कारण मृत्यु भएको हो।

कोरोना भाइरसले गम्भीर रुप लिइपछि भेन्टिलेटर, अक्सिजनलगायतका सबै उपाय अपनाउँदा पनि उनलाई बचाउन नसकिएको अस्पतालले बताएको छ।

अन्बझागानतामिलनाडुको चेपक क्षेत्रबाट डिएमके पार्टीबाट तीनपटक निर्वाचित भएका थिए। कोरोना भाइरसको संक्रमण देखिएपछि ६२ वर्षीया उनी जुन २ तारिकमा अस्पताल भर्ना भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय