गौरादह र मेचीनगरलाई मेची अभियानले दियो स्वास्थ्य सामग्री

मेची अभियानले कोरोना संक्रमण देखिएका झालाका दुई नगरपालिकालाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ।

अभियानका संयोजक विजय डालमियाका अनुसार मेचीनगर नगरपालिका र गौरादहका प्रमुख तथा उपप्रमुखलाई ति सामाग्री हस्तान्तरण गरिएको हो।

हस्तान्तरण गरिएका सामनमा ५०/ ५० थान भिटिएम (भाइरल ट्रान्सपोर्ट मिडिया), ५ /५ थान व्यक्तिगत सुरक्षा कवच ( पिपिई), एक/ एक कार्टुन सेनिटाइजर एक/ एक सय मास्क छन्।

अभियानका सदस्य इन्द्रबहादुर बुढाथोकीले दिएको जानकारी अनुसार दुई दिन अघि पहिलो चरण अन्तरगत बुद्धशान्ति गाउँपालिकालाई एक सय थान भिटिएम, पाँच थान पिपिई, एकसय पिस एन ९५ मास्क, एक कार्टुन सेनिटाइजर उपलब्ध गराइएको थियो।

भद्रपुर नगरपालिका, कचनकवल, बाह्रदशी, झापा र गौरीगञ्ज गाउँपालिका प्रत्येकलाई ५०/५० थान, पाँच/ पाँच थान पिपिए, एकसय पिस एन ९५ मास्क, एक कार्टुन सेनिटाइजर उपलब्ध गराइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय