डाक्टर कुट्नेलाई २४ घण्टाभित्र पक्राउ नगरे आन्दोलन चर्काउने चेतावनी

नेपाल मेडिकल कलेजमा (एनएमसी) मा १४ दिनअघि भएको चिकित्सक कुटपिटको घटनामा संलग्न व्यक्तिलाई पक्राउ नगरे अर्को चरणको कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

दुई सातादेखि अस्पताल परिसरमा प्रदर्शन जारी राखेका चिकित्सकहरुले आन्दोलनमा साथ दिन नेपाल, चिकित्सक संघलगायतका संस्थाहरुसँग आग्रह गरेका छन् ।

नेपाल मेडिकल कलेज संघर्ष समितिका तर्फबाट बुधबार जारी विज्ञाप्तिमा आन्दोलनको १४औं दिनसम्म आइपुग्दा डाक्टरमाथि हातपात गर्ने व्यक्तिका नाममा पक्राउ पुर्जी जारी नभएको भन्दै आपत्ति जनाइएको छ । उनीहरुले आम चिकित्सक र संघसंस्थालाई सामाजिक सञ्जालमा सहानुभूती देखाएर बस्नुको सट्टा मैदानामा ओर्लिन पनि चेतावनी दिएका छन् ।

 

चिकित्सक संघले ध्यानाकर्षण गराउने

घटनाको दोसीलाई १४ दिनसम्ममा पक्राउ नगरीको भन्दै नेपाल चिकित्सक संघले स्वास्थ्य सचिव र उपत्यका प्रहरी प्रमुखको ध्यानाकर्षण गराउने भएको छ । संघका अध्यक्ष डा. लोचन कार्कीले आजै स्वास्थ्य सचिव लक्ष्मण अर्याल र उपत्यका प्रहरी प्रमुख विश्वराज पोखरेललाई ध्यानाकर्षण पत्र बुझाउने जानकारी दिए । ‘अब चिकित्सकको धैर्यता गुम्ने अवस्था नआओस् भनेर आजै भन्छौ,’  उनले भने, ‘सरकारको कामले हाम्रो कदमको निर्धारण गर्छ,’ उनले भने ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय