कांग्रेस नेता आङ्दम्बेले पाँचथरका ६६ पत्रकारको कोरोना वीमा गरे

चथरका ९० जना पत्रकार मध्ये ६६ जनाको कोरोना वीमा गरिएको छ। नेपाली कांग्रेसका नेता भिष्मराज आङ्दम्बेले गृह जिल्ला पाँचथरका ६६ जना पत्रकारको कोरोना वीमा गरिदिएका हुन्।

नेपाल प्रेस युनियन पाँचथरका सभापति भीम बाँस्कोटाका अनुसार नेपाल पत्रकार महासंघ पाँचथरको समन्वयमा पहिलो चरणमा गृह जिल्ला पाँचथरका ६६ जना पत्रकारको कोरोना वीमा गरिएको हो ।

कोरोना विश्वव्यापी महामारीको कारण बनिरहेको बेला अग्रभागमा रहेर समाचार संकलनमा खट्ने पत्रकारहरूको वीमा गरिएको हो।

कांग्रेस केन्द्रीय अनुशासन आयोगका सदस्यसमेत रहेका आङ्दम्बेले आफ्नो सानो प्रयासले पत्रकारको मनोबल बढ्ने बिश्वास व्यक्त गरे। उनले सजगता अपनाइ काम गर्न पनि पत्रकारलाई आग्रह गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय