तयारी गर्दा–गर्दै पनि कोरोना प्रकाेप बाँध फुटेजसरी फैलियो: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरसको महामारीको नियन्त्रणमा सरकारले प्रभावकारी तयारी थालेपनि अपेक्षा अनुसारको रोकथाम हुन नसकेको स्वीकार गरेका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै ओलीले सरकारले विश्वका धेरै देशमा गम्भीर अवस्था भइसक्दा नेपालमा केही मात्रै केसहरू देखिएपनि पछिल्लो समय बाँध फुटेजसरी फैलिएको बताएका हुन्।

कोरोनाको संक्रमण फैलिएपछि तीव्र गतिमा तयारी गरिएको बताउँदै ओलीले पहिलो परीक्षण हङकङमा गरिएको स्मरण गरे।

ओलीले अहिले प्ररीक्षण र प्रयोगशालाहरू र टेस्ट मेसिन धेरै ठाउँम पुर्‍याइएको जिकिर गरे। साथै सरकारले लकडाउनलाई प्रभावकारी बनाएर संक्रमण फैलिन नदिएको दावी उनले गरे।

बजेटले कोरोना भाइरसको महामारीलाई नियन्त्रण, रोकथाम, आर्थिक अवस्था सुदृढीकरणका लागि महत्त्वपूर्ण दिशा प्रदान गरेको ओलीले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय