निकै समस्यामा परेका झापाका बाल्की र ललिताले पाए राहत

झापा हल्दिबारी- ५ जलथल सोडागान्धीकी बाल्की किस्कु र वडानम्बर- ४ की ललिता टुडुलाई राहत प्रदान गरिएको छ।
उनीहरूलाई जनही ३० केजी चामल, नुन, तेल, साबुन र दाल वितरण गरिएको हो। बाल्की ७३ वर्षीय एकक महिला र ललिता बुबाआमा भारतमा रहेकी महिला हुन्।
नेपाली कांग्रेस महासमिति सदस्य बडाराम हेमरमले सामान हस्तान्तरण गरेको गंगाबहादुर तथा नरमाया बस्नेत क्यान्सर पीडित सहयोग संस्थाका अध्यक्ष भुपाल बस्नेतले जानकारी दिए।
अमेरिकामा रहेका बिर्तामोड निवासी रबिन श्रेष्ठ र नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ३ “ख” प्रदेशका सभापति नवीन विमलीको संयुक्त पहलमा सो सामग्री जुटाइएको हो।
अत्यन्तै गरिब तथा विपत्तिमा परेका, चुलो नबलेका, हातमुख जोड्न नसकिरहेका र अप्ठ्यारोको सामना गरिरहेका ५५ परिवारलाई सहयोग वितरण गरिने लक्ष्य रहेको अध्यक्ष बस्नेतले बताए।