क्रिटिकल केयर नर्स सपाेर्ट नर्सलाई आर्थिक सहयोग गर्ने

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ जेठ २८ गते ११:४७

क्रिटिकल केयर नर्स सपाेर्ट फन्डले नर्सहरुलाई ६ महिनासम्मका लागि आर्थिक सहयोग गर्ने भएको छ।

कोरोना भाइरसको महामारीसँग लडिरहेका देशभरका अस्पतालको आइसियुमा काम गरिरहेका नर्सहरूलाई आर्थिक समस्या हुन सक्ने भन्दै फन्डले तीन महिनादेखि ६ महिनासम्मको लागि बिना ब्याज १० हजार रुपैयाँ सहयोग उपलब्ध गराउने भएको हो।

‘निजी अस्पतालले समयमा तलब नदिने र दिए पनि अत्यधिक कम हुने भएकाले आइसियुमा काम गर्ने नर्सहरुलाई कुनै समस्या नहोस भनेर फन्डले सहयोग गर्ने निर्णय गरेको हो। क्रिटिकल केयर नर्स सर्पोट फन्डकि महासचिव कविता सिटौलाले भनिन्,‘आइसियुमा काम गर्ने समस्यामा परेका देशभरका नर्सहरूलाई सहयोग उपलब्ध हुन्छ।’

आइसियुमा काम गर्ने नर्सले समस्या परेमा आइसियु इन्चार्जको चिठी लिएर आए सहयोग रकम पाउने सिटौलाले जानकारी दिइन्। निजी अस्पतालमा काम गर्ने तथा कोठा भाडामा लिई बसेका नर्सहरूलाई आर्थिक समस्या भई महामारीमा काम गर्न बाधा पुग्न सक्ने भन्दै फन्ड सञ्चालनमा ल्याएका हौं उनले भनिन्।’

फन्डलाई नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फन्डले १ लाख रुपैयाँ सहयोग गर्नुका साथै कार्यकारी सदस्यले समेत सहयोग गरेका छन्। फन्डमा अहिलेसम्म २ लाख रुपैयाँ जम्मा भएको छ।

दाताहरूले सहयोग गरेको रकम एक वर्षभित्रमा फिर्ता गरिसक्ने महासचिव सिटौलाले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय