भारतबाट फर्किएका ३९ जना चढेको टिपर कर्णालीमा खस्यो, २ काे मृत्यु, ६ बेपत्ता (अपडेट)
भारतबाट फर्किएकाहरुलाई लिएर गाउँ जाँदै गरेको एउटा टिप्पर कर्णाली नदीमा खसेको छ।
कर्णाली प्रदेशका डिआइजी वसन्तकुमार पन्तका अनुसार अहिलेसम्म २ जनाकाे शव भेटिएकाे छ भने छ जना वेपत्ता भएका छन्। ३१ जना घाइतेमध्ये ४ जना गम्भिर छन्।
३९ जना मानिस बोकेको उक्त टिप्पर बुधबार बिहान कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकाको लालिघाट नजिकै नदीमा खसेको हो।
भारतबाट फर्किएकाहरुलाई लिएर उक्त टिप्पर रासकोट जाँदै थियो। याे कर्णाली करिडाेरकाे बाटाे हाे।