एम्बुलेन्समा गाँजा तस्करी, ५६ किलो गाँजासहित तीन पक्राउ
जारी लकडाउनकै क्रममा पनि बिरामी बोक्ने एम्बुलेन्समा गाँजा तस्करी हुने गरेको पाइएको छ।
पर्सा प्रहरीले बुधबार बिहान राति एम्बुलेन्सबाट गाँजासहित एउटा तीन जनालाई पक्राउ गरेको छ।
पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तका अनुसार ना४च ८५९९ नम्बरको अल्पाइन मेडिकल कलेज सिमराको एम्बुलेन्बाट गाँजा बरामद भएको हो।
बिहान राति करिब पौने ३ बजे पर्सा वीरगन्ज महानगरपालिका-२७ रामपुरबाट एम्बुलेन्ससहित तीन जनालाई पक्राउ गरिएको पन्तले बताइन्।
उक्त गाँजा पर्सा बहुदरमाई-५ भौराट्टारतिर लगिँदै थियो।
पक्राउ पर्नेमा सर्लाही लालबन्दी-१५ का २३ वर्षीय जितबहादुर वाइबा, २२ वर्षीय दिलबहादुर वाइबा र बहुदरमाई-५ का ३२ वर्षीय हरिशंकर महतो रहेका छन्।
उक्त गाँजा भारततर्फ तस्करी गर्न लागिएको थियो। प्रहरीले पक्राउ परेकामथि आवश्यक अनुसन्धान थालेको छ।