लकडाउनले क्यान्सर बिरामीलाई सास्ती, सेवा लिन २६२ किमि यात्रा

विश्वव्यापी रूपमा सुरु भएको कोरोना भाइरस रोग (कोभिड–१९) को महामारीका कारण नेपालमा अधिकांश अस्पतालले ओपिडी सेवासमेत गरेका छन्।

संक्रमित देखिएपछि अस्पतालहरू पूर्ण रूपमा सेवा नै रोक्ने अवस्थामा पुगेका छन्।

क्यान्सरजस्ता गम्भीर प्रकृतिका रोगको उपचारमा खटिएका अस्पतालमा यस्तो प्रतिकूल अवस्था आइपरे के होला ? लकडाउनसहित बढ्दो कोराना कहर क्यान्सर, मिर्गौला, मुट, मधुमेहजस्ता दीर्घरोगका बिरामीले उपचार पाउनै हम्मे पर्ने अवस्था सिर्जना भएको छ।

भक्तपुरस्थित काठमाडौं क्यान्सर सेन्टरका अध्यक्ष एवं क्यान्सर रोग विशेषज्ञ डा. अञ्जनीकुमार झा जस्तोसुकै प्रतिकूलताका बीचमा पनि अस्पतालको सेवा रोकिन नहुने र धेरै अस्पतालहरू सेवा दिन असमर्थ रहँदा दीर्घ र जटिल रोगका बिरामीले सास्ती पाएको बताउँछन्।

त्यस्तो अवस्थामा अस्पतालले पर्याप्त सावधानी र तयारी योजना बनाएर लागू गर्नुपर्ने डा. झा बताउँछन्। एक तथ्यांकअनुसार नेपालमा नेपालमा प्रत्येक वर्ष २६ हजार हाराहारी नयाँ बिरामी देखिँदै गरेकोमा वार्षिक १९ हजारको मुत्यु हुने गरेको छ। समयमै निदान र उपचारले क्यान्सर मृत्युदर घटाउन सकिने विज्ञहरू बताउँछन्।

उनले क्यान्सरमा केमो, रेडियोथेरापीजस्ता उपचार गर्नुपर्ने बिरामी, मिर्गौलाको डायलोसिस गराइरहेका बिरामीहरू बढी जोखिममा देखिएको बताए। ‘उपचारमा प्रतिकूलता हुँदाहुँदै पनि हामीले यो सेवा कसरी निरन्तरता दिने भनेर सचेत हुनुपर्छ,’ डा. झाले भने।

नेपालमा कोरोनाबाट मृत्यु भएकामध्ये गुल्मीका शिक्षण, वीरगन्ज नेसनल कलेजमा ज्यान गुमाएका वृद्धा र सेतीमा डायलासिस गराइरहेकी एक महिलालगायतमा दीर्घरोग देखिएको छ। यस्तो अवस्थामा झन् सेवा नै ‘सिल’ गर्नुपर्ने अवस्था आउँदा अन्य बाँचेका र कोरोना नलागिसकेका बिरामीको ज्यानसमेत जोखिममा पर्नसक्ने चिकित्सकहरू बताउँछन्।

‘क्यान्सरको उपचारमा जति ढिलाइ उति जोखिम हुन्छ,’ उनले भने, ‘क्यान्सरको उपचारमा भोलि/भोलि भन्न मिल्छ र ?’ अन्य जनरल सेवाहरू नजिकै संस्था वा चिकित्सकबाट लिन सकिए पनि कम ठाउँमा उपलब्ध विशिष्टीकृत विशेषज्ञ सेवा लिनेहरू भने झन् मारमा परेको चिकित्सकहरू बताउँछन्।

त्यस्तो अवस्थामा अस्पतालले पर्याप्त सावधानी र तयारी योजना बनाएर लागू गर्नुपर्ने डा. झा बताउँछन्। एक तथ्यांकअनुसार नेपालमा नेपालमा प्रत्येक वर्ष २६ हजार हाराहारी नयाँ बिरामी देखिँदै गरेकोमा वार्षिक १९ हजारको मुत्यु हुने गरेको छ। समयमै निदान र उपचारले क्यान्सर मृत्युदर घटाउन सकिने विज्ञहरू बताउँछन्।

अहिले क्यान्सरको प्रारम्भिक लक्षण देखिएकाहरू पनि झन्डै तीन महिनादेखि अस्पतालमा सहज अवस्था छैन भनेर हच्किएर बसिरहेका हुन्छन्। त्यसले रोग जटिल बनाउन मद्दत गर्छ। रोग पहिचान भइसकेका र थप उपचार चाहिने बिरामीका लागि उपचारको सहजताका लागि विशेष ध्यान दिन डा. झा सुझाउँछन्।

क्यान्सर रोग विशेषज्ञ डा. अविश अधिकारीले क्यान्सर बिरामीलाई रेडियोथेरापी सुरु गरे पनि प्रोटोकलअनुसार निरन्तर गर्नुपर्ने अवस्थामा लकडाउनले प्रभावित पारेको बताए। ‘केमो, रेडियोपछि फलोअपका लागि आउनुपर्ने बिरामी पनि यातायातका कारण आउन सकेका छैनन्,’ उनले भने।

डा. अधिकारीका अनुसार क्यान्सरसम्बन्धी विषयमा प्रकाशित आलेखहरूमा कोरोना र लकडाउन कारण अन्य अवस्थाको तुलनामा १५ प्रतिशत मृत्युदर बढिरहेको देखिएको छ। ‘कति बिरामी रेडियोथेरापी गरेर ६ हप्तामा फलोअपमा आउनुपर्ने थियो, आउन सकेका छैनन्, रोग बाँकी रहेछ भने थप उपचार गरेर निको पार्ने सम्भावना हुन्थ्र्यो तर ढिलाइले त रोग बढ्ने जोखिम थपिरहेको छ,’ उनले भने।

के गर्नुपर्छ त?

क्यान्सर उपचारमा रेडियोथेरापीका लागि ‘डेडिकेटेड’ अस्पतालका रूपमा आफूहरूले अपनाइरहेको सावधानीले अहिलेसम्म प्रतिकूल परिस्थिति नआएको संक्रमित नै भेटिइहाले पनि सेवा नरोकिने गरी जनशक्ति ब्याकअपमा राखिरहेको डा. झाले बताए। ‘हामी विशेषज्ञ र अन्य जनशक्तिको पनि रोस्टर बनाएर काम गरिरहेका छौं,’ उनले भने, ‘सकेसम्म उचित समयमा जनशक्तिको पिसिआर परीक्षणसमेत गराइरहेका छौं।

नेपालमा नसर्ने रोगले कुल मृत्युमध्ये ६६ प्रतिशत ओगटेको छ। त्यसमध्ये २० प्रतिशतले क्यान्सर रोगका कारण ज्यान गुमाउँछन्।

मास्कको उचित र निरन्तर प्रयोग, सामाजिक दूरी कायम र स्यानिटाइजेसनसँगै बिरामीको उपचारमा प्रत्यक्ष रूपमा संलग्न हुनेले व्यक्तिगत सुरक्षा सामग्रीको प्रयोग गरिरहेको डा. झाले जानकारी दिए। ‘रेडियोथेरापीमा रहेको बिरामी अघिपछि पनि संक्रमणको जोखिम बढी हुन्छ, झन् अहिले विशेष परिस्थिति छ,’ उनले भने।

अघिपछिका अवस्थामा क्यान्सर बिरामी उपचारमा हुने गरेकामा अहिले ४० हाराहारीमा मात्रै रहेको र सेवामा कुनै रोकावट नआएको डा. झाले बताए। पाठेघरको मुखको क्यान्सरको उपचारमा हाईडोज रेट ब्य्राकिथेरापी अस्पतालमा मात्रै उपलब्ध छ। तीबाहेक केमोथेरापी, प्यालेटिक केयरजस्ता सेवा सुचारु भएको डा. झाले जानकारी दिए।

अस्पतालले उपत्यकाभित्रका क्यान्सर बिरामीको सहजताका लागि अस्पतालकै सवारीमा ल्याउने व्यवस्था गरेका छ भने उपत्यकाबाहिरका बिरामीका लागि फोनमै सोधीखोजी र परामर्शसमेत दिइरहेको उनले जानकारी जनाए।
क्यान्सरको उपचारमा नेपाललाई आत्मनिर्भर बनाउने लक्ष्य लिएर तीन वर्षअघि भक्तपुरस्थित नालारोड, ताथलीमा काठमाडौं क्यान्सर सेन्टर सञ्चालनमा आएको हो। क्यान्सरका सम्पूर्ण उपचार उपलब्ध गराउने सोचसाथ सुरु भएको यो अस्पतालले नयाँ प्रविधि भित्र्याउँदै दक्ष जनशक्तिसहित सेवा विस्तार गर्दै आएको छ।

उपचार गर्न २ सय ६२ किमि धाउनुपर्ने

लकडाउनले क्यान्सर बिरामीमा कति सास्ती थपेको छ भन्ने यकिन गर्न उपचारसम्म आइपुग्न कति पहुँच छ भन्ने हेर्नुपर्छ। एक अनुसन्धानले क्यान्सर लागेका बिरामीले उपचार गराउन औसत २ सय ६२ किलोमिटर धाउनुपर्ने बाध्यता रहेको देखाएको छ। नेपालका सहरी क्षेत्रमा मात्र सुविधासम्पन्न अस्पताल भएकाले दूरदराज बस्नेले सास्ती खेप्दै आएका छन्।

विकासोन्मुख देशमा समयमै क्यान्सर पहिचान नहुनु तथा परिवर्तित जीवनशैली, व्यायाम अभाव, जंकफुड र फास्टफुडको बढ्दो प्रयोग जस्ता कारण क्यान्सर रोगी बढ्दै गएको चिकित्सकहरू बताउँछन्। क्यान्सर समयमै पहिचान भएमा ३३ प्रतिशतसम्म मृत्युदर घटाउन सकिने विज्ञको भनाइ छ।

यसअघि सन् २०२० मा विश्वमा १ करोड लाख ७९ हजार नयाँ क्यान्सर बिरामी देखापर्ने र १ करोड २० लाखले ज्यान गुमाउने अनुमान गरिएको थियो।

नेपालमा नसर्ने रोगले कुल मृत्युमध्ये ६६ प्रतिशत ओगटेको छ। त्यसमध्ये २० प्रतिशतले क्यान्सर रोगका कारण ज्यान गुमाउँछन्।

नेपालमा फोक्सो, पाठेघरको मुख र स्तन क्यान्सर सबैभन्दा बढी र क्रमशः डिम्बासयको क्यान्सर, पित्तथैली क्यान्सर, पेट, आमासयको क्यान्सर आइरहेको चिकित्सक बताउँछन्। सरकारले दिने औषधी तथा उपचारमा आर्थिक वर्ष २०७५/७६ मा विपन्न नागरिकसहित १० हजार ९ सय १० क्यान्सर रोगीले १ लाखको सहुलियत सुविधा लिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय