३२ सय लिटर अबैध सेनिटाइजर बरामद

हेल्थपाेस्ट/काठमाडौं
प्रकाशित
२०७७ जेठ २७ गते २१:०९

महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरी टोलीले ३२९० लिटर अबैध सेनिटाइजर बरामद गरेको छ।

सोह्रखुट्टे एरियाबाट प्रहरीले उक्त परिमाणमा सेनिटाइजर बरामद गरेको हो।

अबैध रुपमा सेनिटाइजरको कारोबार भइरहेको भन्ने सुचनाका आधारमा प्रहरीले उक्त सेनिटाइजरसहित दुई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत उत्तर प्रदेश बनारस घर भएका ६५ अब्दुल मनान् र काठमाडौंको कलंकी घर भएका ३३ वर्षका प्रदिप उपाध्य लुइटेल रहेका छन्।

उनीहरूले विभिन्न कम्पनिका नक्कली स्टिकर बनाइ अवैध रुपमा सेनिटाइजरको कारोबार गरिरहेको पाइएको प्रहरीले जनाएको छ।

उनीहरूको साथबाट एक थान कम्प्युटर, एक थान र‌ंगिन प्रिन्टर बरामद गरिएको प्रहरीले जनाएको छ। उनीहरूलाई पक्राउ गरेर महानगरीय प्रहरी परीसर टेकुमा राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय