गर्भवती महिलामा कोरोना पुष्टि भएपछि नेपालगन्ज मेडिकल कलेज सिल

उपचारका लागि अस्पतालमा आएकी गर्भवतीमा कोरोना पुष्टि भएपछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर सिल गरिएको छ।

अछामबाट आएकी गर्भवतीमा कोरोना संक्रमण पुष्टि भएपछि एक दिनका लागि अस्पताल सिल गरिएको हो।

सधै भिडभाड हुने नेपालगन्ज मेडिकल कलेज सिल भएसँगै सोमबार रातिबाट सुनसान छ। सिल गरिएपछि बिरामी र उनीहरूका कुरुवालाई बाहिर निस्कन दिइएको छैन। यस्तै नयाँ बिरामी भर्ना गरिएको छैन।

अस्पतालले इमर्जेन्सी सेवासमेत बन्द गरेको अस्पतालका उपनिर्देशक डा. दिनेश श्रेष्ठले बताए। अछामबाट सिम्रिक एयरको हेलिकप्टरबाट सोमबार ती महिलालाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा ल्याइएको थियो।

हेलिकप्टरमा अछामको बयालपाटा अस्पतालबाट रेफर गरिएका दुई बिरामी थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय