राजधानीमै उपचार नपाएर नर्स नै रुँदै अस्पतालबाट निस्किनुपर्‍यो…

शनिबार दिउँसो करिब २ बजेको हुँदो हो। एउटी नर्सको कटकटी पेट दुख्यो।

दुखाइ कम नभएपछि आइतबार बिहान थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल पुगिन्।

उनले आकस्मिक कक्षको टिकट काटिन्।

प्रसूतिकी नर्सले उनको समस्या बुझिन् र ज्वरो जाँच गर्नेलगायतका काम गरिन्।

कुरा गर्दै जाँदा ती नर्स उनको साथीकी साथी रहिछिन्।

यसरी सम्बन्ध जोडिँदा उनले ती बिरामी नर्सलाई डाक्टरको कार्यकक्षमा लगिन्।

तर, त्यहाँ डाक्टर अरु बिरामी जाँचिरहेका थिए।

उनी बाहिर निस्केर लाइनमा बसिन्।

एक/दुई हुँदै सबै बिरामीलाई बोलाएर जाँच गरियो। तर, उनलाई कसैले बोलाएन।

गर्भमा अढाइ महिनाको बच्चा रहेको र अत्यधिक रक्तश्राव भइरहेकाले उनको पेट सम्हालिन नै नसक्ने गरी दुखिरहेको थियो।

उनी उपचार पाउने आसमा खुसी हुँदै डाक्टर नजिकै गइन्। तर उनलाई उपचार गर्नु त कता हो कता ती डाक्टरले ‘भित्र मेरो कार्यकक्षमा किन गएको’ भन्दै उनलाई हप्काउन थाले।

सबैलाई बोलाउँदा पनि आफूलाई कसैले नबोलाएको उनले सुनाइन् । उनले भनिन्, ‘मैले अर्की नर्सलाई मलाई किन भित्र नबोलाएको भनेर सोधें? उहाँले के हो तपाईको समस्या भन्नुभयो। मैले आफ्नोबारे बताएपछि उहाँले भित्र जानुहोस् भन्नुभयो।’

भित्र गएपछि एकजना स्टाफले उनलाई बेडमा बस्न आग्रह गरे। त्यहाँ रहेका नर्सहरूले डाक्टरले बोलाए। तर, डाक्टर आफ्नो कार्यकक्षबाहिर थिए।

बिरामीलाई डाक्टरले बाहिरै बोलाए। चिनेको साथीले भनेकाले डाक्टरले बाहिरै राम्रोसँग जाँच्नु हुने भएछ भन्ने उनलाई लाग्यो।

उनी उपचार पाउने आसमा खुसी हुँदै डाक्टर नजिकै गइन्। तर उनलाई उपचार गर्नु त कता हो कता ती डाक्टरले ‘भित्र मेरो कार्यकक्षमा किन गएको’ भन्दै उनलाई हप्काउन थाले।

त्यसरी हप्काउनुको कारण थियो उनी टेकुबाट आउनु। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना संक्रमितको उपचारमा सक्रिय रहेको नर्स भएको थाहा पाएपछि उनले खप्की खानुपरेको थियो।

डाक्टरको खप्की खाइरहँदा पनि उनले आफूलाई निकै गाह्रो भइरहेको बताइन्। भनिन्, ‘डाक्टरसाब मलाई सन्चो नभएकाले एक हप्ता यता बिदामा छु। अनि मसँग कोरोना नेगेटिभ रहेको रिपोर्ट पनि छ। तपाई सशंकित हुनुपर्दैन। ढुक्कसँग उपचार गर्दा हुन्छ।’

तर, उनको विलाप र पीडाले डाक्टरको कठोर मन पग्लिन सकेन।

डाक्टरले कठोर मुटु लिएर नर्सलाई झपारिरहे। उनले यसो पनि भनिन्, ‘हो म टेकु अस्पतालको आइसोलेसन वार्डमा काम गर्छु। तर, बिरामीको सम्पर्कमा हामी जतिबेला पनि पुग्दैनौं। बिरामीलाई छुट्टै राखेर सिसी क्यामरामार्फत निगरानी गर्छौं। विश्व स्वास्थ्य संगठनले अपनाउनु भनेको निर्देशन पालना गरेर उपचारमा संलग्न हुन्छौं। आकस्मिक पर्दा मात्र बिरामीलाई हेर्न जान्छौं। जुन कुरा तपाई जस्तो डाक्टरलाई सुझाइ रहनु नपर्ला।’

तर, डाक्टरलाई नर्सको त्यस्तो प्रष्टीकरणले हल्लाउन सकेन।

एक हप्ता बिदामा बसेको र त्यसको एक हप्ताअगाडिको पिसिआर परीक्षण गरेको रिपोर्ट देखाउँदा पनि बिरामी नर्सको कुराबारे सुनुवाई भएन। एक नर्स डाक्टरकै अगाडि बिताप गरिरहिन्। छट्पटाइरहिन् । तर, उनको उपचार हुँदैन ।

उनका आँखाबाट आँसु झरिरहे। गाला हुँदै बहेका आँसु सुकेर सिर्का बने। केही थोपा आँसुले सल भिजाए। केही थोपा भूइँमा खसेर बाफ बने। तर, डाक्टरको मन पगाल्न सकिनन्।

ती नर्सले जति अलाप गर्दा पनि डाक्टरले टेर्दै टेरेनन्। अनि उनी कड्किइनँ। भनिन् ‘तपाई बिरामीको उपचार किन गर्नु हुन्न?’

निर्दयी डाक्टरले ‘हाम्रो अस्पतालको प्रोटोकल फरक रहेको’ भन्दै मोटो जवाफ फर्काए।

उनका आँखाबाट आँसु झरिरहे। गाला हुँदै बहेका आँसु सुकेर सिर्का बने। केही थोपा आँसुले सल भिजाए। केही थोपा भूइँमा खसेर बाफ बने। तर, डाक्टरको मन पगाल्न सकिनन्।

बिरामीको उपचार नै गर्न नमिल्ने अस्पतालको कस्तो फरक प्रोटोकल रहेछ? स्वास्थ्य क्षेत्र बुझेकी नर्स आफैं त्यस्तो गैरजिम्मेवार उत्तर सुन्दा छक्क परिन्।

उनलाई अस्पतालमा जाँदा बिरामीको उपचार नगर्नु भन्ने संविधानको कुनै पनि धारामा नलेखिएकाले यो कस्तो प्रोटोकल रहेछ भनेर अचम्म लाग्यो।

उनले त्यसरी कड्किएपछि टेकु अस्पतालमा कार्यरत भएको हुँदा उपचार गर्न मिल्दैन भनेर ठाडै जवाफ दिए।

त्यसपछि तपाईले स्वास्थ्यकर्मीलाई यस्तो व्यवहार गर्नुहुन्छ भने अन्य बिरामीलाई कस्तो व्यवहार गर्नुहोला? भन्दै उनी पनि थप कडा बनिन्। उनले समबन्धित निकायमा उजुरी दिनेसम्म बताइन्। तर, ती डाक्टरले ‘जसलाई सक्नुहुन्छ भन्नुहोस्’ भन्दै उल्टै थर्काए।

त्यसपछि उनी नर्सिङ निर्देशकको कार्यकक्षमा गइन्। त्यहाँ कोही नहुँदा उपचार नै नपाएर दुखिरहेको पेट बोकेर उनी रुँदै अस्पतालबाट बाहिरिन्।

‘डाक्टरको त्यस्तो व्यवहारले आफू स्वास्थ्यकर्मी हुँ भनेर देखाउन लाज लाग्यो। कार्ड झोलामा हालेर हिँडे। कमसेकम स्वास्थ्यकर्मीले बिरामीको बारेमा त केही सोचेर उपचार दिनुपर्ने हो। तर, त्यो हुन सकेन। म कोरोना संक्रमित नै हुन्थे भने पनि चिकित्सकले सुरक्षा प्रबन्ध मिलाएर उपचार गर्नुपर्ने हो।’

साथमा उनकै नर्स साथी पनि यो दृश्यको प्रत्यक्षदर्शी थिइन्। जो उनलाई लगेर प्रसूति गृह पुगेकी थिइन्।

रगत बगेर गलेको थियो उनको शरीर। त्यसपछि उनी उपचारका लागि चाबहिल स्थित ओम अस्पताल पुगिन्। यो घटनाले उपचार नै नपाउने त्रास भएपछि ओममा उनले आफ्नो परिचय लुकाइन्। र, उपचार पाइन्।

एक स्वास्थ्यकर्मीले नै राजधानीको मुटुमा रहेको अस्पतालमा उपचार नपाउनु र डाक्टरबाट दुव्र्यवहार हुनुले यतिबेला उनको मन कुँडिएको छ। यस्तो गल्ती कुनै पनि चिकित्सकले गर्न नहुने उनी सुझाउँछिन्।

4 thoughts on “राजधानीमै उपचार नपाएर नर्स नै रुँदै अस्पतालबाट निस्किनुपर्‍यो…

  1. Our professional colleagues embarrassed all of us.I do take care of patients all the time with and without Corona infection.Unfortunately There is legal measure to go against this behavior of professional. Our hard working colleagues are attacked because of this type of unethical unprofessional behavior. Does NMA has any obligations to correct these type of malpractices?

  2. if it is true, a serious issue that should not be neglected. I hope NMC will investigate and take action to reject his/her med licence. human rights activist will support.

  3. dr ko name pani bataunu parthyo
    Tyasto dr lai ta samaj bata bahiskar garnu parcha sarkar le licence kharej ta gardena

Leave a Reply to sandip Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय