चितवनमा एक कोरोना संक्रमितको मृत्यु, मृतक संख्या १५ पुग्यो

चितवनस्थित भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भरतपुर अस्पतालको आईसीयूमा उपचाररत भरतपुर महानगर ११ का ६८ वर्षिय पुरुषको मगंलबार बिहान ७ बजे मृत्यु भएको हो ।  मृतकमा ज्वरो, निमोनिया, सुगरर प्रेसरका समस्या रहेको थियो । भरतपुर प्रयोगशाला परीक्षणमा सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

भरतपुर अस्पतालको आईसीयूमा उपचारका क्रममा उनको मृत्यु भएको थियो । यो सँगै नेपालमा १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय