सुदूरपश्चिममा थप १० जनामा कोरोना पुष्टि

सुदूरपश्चिममा आज थप १० जनामा कोरोना पुष्टि भएको छ। आज थप १० जनामा देखिए संगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रामितको संख्या १ सय ५८ पुगेको हो।

आज धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप १० जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार आज पुष्टि भएकामा कैलालीका ७, कञ्चनपुर, डडेल्धुरा र दार्चुलाका एक/एक जनामा कोरोना पुष्टि भएको हो।

कैलालीको टीकापुर नगरपालिका २३, २४, ३६ र ४० वर्षीय पुरुष, धनगढी उप–महानगरपालिकाका दुई बर्षीय बालिका र २८ वर्षीय महिला, मोहन्याल गाउँपालिकाका १७ वर्षीय युवकमा कोरोना पुष्टि भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय