प्रदेश २ मा ५४ जनामा कोरोना संक्रमण पुष्टि

प्रदेश २ मा पछिल्लो २४ घण्टामा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नयाँ ५४ जना थपिएसँगै प्रदेश २ मा प्रदेश २ मा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ७७ पुगेको छ।

मंगलबार सबैभन्दा बढी धनुषामा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। धनुषाको मुखियापट्टी मुसहरनीय गाउँपालिकास्थित क्वारेन्टिाइनका ११ र जनकनन्दनी गाउँपालिकास्थित क्वारेन्टाइनका १० जना रहेको मन्त्रालयले जनाएको छ।

यसैगरी सप्तरीमा १३ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएकाहरू राजविराज नगरपालिका, छिन्नमस्ता नगरपालिका र कञ्चनरुप नगरपालिकास्थित क्वारेन्टाइनहरूमा रहेका छन्।

पछिल्लो २४ घण्टामा महोत्तरीमा १९ जनामा संक्रमण पुष्टि भएको छ। महोत्तरीको बर्दिवासस्थित क्वारेन्टाइनमा रहेकामध्ये १५ र एकडारा गाउँपालिकास्थित क्वारेन्टाइनमा रहेका ४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

सर्लाहीको कोडौना गाउँपालिकास्थित क्वारेन्टाइनमा रहेका एकजनामा संक्रमण पुष्टि भएको छ।

कोरोना संक्रमण भएर उपचारका लागि आइसोलेसनमा भर्ना भएकामध्ये २६३ जना निको भएर घर फर्किसकेको मन्त्रालयले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय