थप ३२३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४०८५ पुग्यो

नेपालमा विभिन्न जिल्लामा मगंलबार थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मगंलबार प्रवक्ता डा.जागेश्वर गौतमले थप ३२३ जनामा कोरोना संक्रमण देखिएको बताए ।

मगंलबार थपिएका मध्ये २९२ पुरुष र ३१ महिला रहेका छन् । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सो संक्रमण देखिएको हो।यो सँगै कोरोना संक्रमित संख्या ४ हजार ८५ पुगेको मन्त्रालयले जनाएको छ।

जसमध्ये ३ हजार ७९८ पुरुष र २ सय ७७ महिलामा संक्रमण पुष्टि भएको छ । हालसम्म ५८४ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन्। गत २४ घण्टामा ९६ जना डिस्चार्ज भएका छन् ।

डिस्चार्ज भएका मध्ये ५०७ पुरुष र ७७ जना महिला रहेको मन्त्रालयले जनाएको छ।  मन्त्रालयका अनुसार हालसम्म देशका ७२ जिल्लामा संक्रमण देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय