आइओएमको डिन वरिष्ठताका आधारमा नियुक्त गरिनुपर्छ : डा. केसी

डाक्टर गोविन्द केसीले चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) को डिन नियुक्त गर्दा वरिष्ठताका आधारमा गरिनुपर्ने बताएका छन्।

जेठ २७ गते दार्चुलाबाट प्रेस विज्ञप्ती जारी गर्दै डा. केसीले आइओएम लगायतका पदाधिकारीको नियुक्ति दलीय भागबन्डाको आधारमा हुने गरेकोभन्दै सरकारले नियम कानुन संगत तरिकाले वरिष्ठताका आधारमा नियुक्त गर्नुपर्ने बताएका हुन्।

‘आइओएममा डिनलागयतका पदाधिकारी नियुक्तिका लागि अहिले चलिरहेको प्रक्रियामा पुनः दलीय भागवण्डा हावी भएको तथा वरिष्ठताका आधारमा नियुक्ति हुने थिति भत्काइन लागेको भन्ने कुरा जानकारीमा आएको छ। यसअघि त्रिविका पदाधिकारीको नियुक्ति पनि भागबन्डाकै आधारमा गरिएको थियो। अहिले आइओएममा पनि पार्टीका मानिसहरु नियुक्त गरेर संस्थाको दोहन तथा शक्तिको दुरुपयोग गर्ने प्रयास भइरहेको छ’ विज्ञप्तीमा भनिएको छ।

दलीय वफादारिताका आधारमा हुने नियुक्तिले संस्थालाई धराशायी बनाउने भन्दै राजनीतिक पहुँचका आधारमा त्रिवि शिक्षण अस्पतालको नाम बेचेर निजी अस्पतालको व्यापार बढाउने पदाधिकारी नियुक्त हुनु दुर्भाग्य हुने छ। देशकै नेतृत्वदायी शिक्षण र स्वास्थ्य संस्था धराशायी बन्दै गइरहेका छन् यसको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीलगायत अहिलेको सरकारले लिनुपर्ने केसीले बताएका छन्।

स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्र सुधार तथा सुशासनका लागि हामी लामो समयदेखि संघर्षरत छौं। हामीले यो अभियानको शुरुआती चरणदेखि नै सार्वजनिक स्वास्थ्य र शिक्षण संस्थाहरुमा व्याप्त चरम राजनीतिकरण र दलीय भागवण्डा रोक्न संघर्ष गरिरहेका छौं । त्यही भागवण्डाका कारण धराशायी हुने अवस्थामा पुगेको त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) वरिष्ठताका आधारमा डिन नियुक्ति भएपछि उक्त संस्थाका अवस्थामा उल्ल्ेख्य सुधार भएको विज्ञप्तीमाम उल्लेख छ।

‘विश्वविद्यालय र प्रतिष्ठानहरुमा दलीय भागवण्डा अन्त्य गर्दै पदाधिकारी नियुक्तिका वस्तुगत मापदण्ड बनाउन सरकारले बारम्बार सम्झौता गरेको छ । त्यसैअनुसार सरकारले विश्वविद्यालय अनुदान आयोगका तत्कालीन अध्यक्ष पराशर कोइरालाको अध्यक्षतामा गठित पदाधिकारी नियुक्तिका लागि मापदण्ड सिफारिस समितिले प्रतिवेदन समेत बुझाइसकेको भएपनि सरकारले अहिलेसम्म कार्यान्वयन नगरको उनले विज्ञप्ती मार्फत जानकारी दिएका छन्।

डाक्टर केसी यतिबेला दार्चुलाको अपी हिमाल गाउँपालिकामा रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय