पिसिआर खरिदका लागि महानगरलाई वीरगञ्ज उद्योग वाणिज्य संघको ७० लाख सहयोग

आरोहण शाह/वीरगञ्ज
प्रकाशित
२०७७ जेठ २७ गते १५:१०

वीरगञ्ज उद्योग वाणिज्य संघ पर्साले आज पिसिआर मेसिन खरिदका लागि वीरगञ्ज महानगरपालिकालाई ७० लाख, ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ।

नगर प्रमुख बिजय कुमार सरावगीलाई उद्योग वाणिज्य संघका अध्यक्षले उक्त रकम प्रदान गरेका थिए। उद्योग वाणिज्य सघका तर्फबाट ११ लाख, ११ हजार १११ र बिभिन्न उद्योगी व्यापारी संघसंस्थाबाट ५९ लाख गरी उक्त रकम प्रदान गरिएको हो।

नगर प्रमुख सरावगीले अब कोरोना परीक्षणबाट कसैले बन्चित हुन नपर्ने बताए। पर्सालाई कोरोना मुक्त बनाउन नयाँ खरिद हुने मेसिनले सघाउ पुर्याउने मेयर सरावगीले विश्वास व्यक्त गरे।

उनले सरकारी स्तरबाट सहयोग नभपनि जनस्तरबाट ठूलो सहयोग भएकोमा खुशी व्यक्त गरे। कार्यक्रममा संघका अध्यक्ष गोपाल केडियाले संकटका बेलामा सधै उद्योगीहरूले सहयोग गर्नेगरेकोमा आभार प्रकट गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय