बालुवाटार पुगेर पिसिआर परीक्षण माग्नेलाई पानीको फोहोरा (फाेटाे फिचर)
आरडिटी बन्द गरेर पिसिआर परीक्षण तथा लकडाउनको विकल्प खोज्न माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार छेउमा प्रदर्शन गर्नेहरुलाई प्रहरीले पानीको फोहोरा हानेर तितरबितर पारेको छ।
विभिन्न सामाजिक अभियानमा सक्रिय युवाहरु, व्यवसायीहरुलगायतले त्यहाँ प्रर्दशन गरेका थिए। उनीहरुले सरकारले कोरोना भाइरस नियन्त्रणका लागि खर्च गरेको दश अर्बको हिसाब चाहियो, पिसिआर परीक्षण गर भन्नेजस्ता नारा लेखिएका पम्प्लेट बोकेका थिए।