हटाइएका स्वास्थ्यकर्मीको प्रश्न– सेवाको सम्मान आत्मदाह हो?

साँफेबगर नगरपालिका–६ का सिद्धार्थ आउजीले बयालपाटा अस्पतालले जागिरबाट निकालेको भन्दै हिजो सोमबार अस्पतालकै गेटमा आत्मदाह गरे।

आत्मदाहपछि सख्त घाइते बनेका उनको उपचारका क्रममा सोमबारै कोहलपुर मेडिकल कलेज नेपालगन्जमा ज्यान गयो।

जागिर जोगाइदिन विभिन्न निकायमा आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएपछि उनले आत्मदाहको बाटो रोज्नुपरेको सँगै काम गर्ने साथीहरू जनाएका छन्। जुन निकै दुःखद पक्ष हो।

उनीसँगै बयालपाटा अस्पतालले आफ्ना ३३ जना स्वास्थ्यकर्मी र कर्मचारीलाई कामबाट निकालेको थियो। सिद्धार्थ जस्तै अन्य कर्मचारी पनि निकै तनावमा छन्।

तिनैमध्ये एक हुन् हेल्थ असिस्टेन्ट हिमालजंग कुँवर।

उनीभित्र जागिर गुमाउनको पीडामात्र होइन। आफूसँगै काम गर्ने साथीले अनाहकमा ज्यान गुमाएको पीडा पनि छ।

‘कोरोना कहरबीच आफ्नो प्राणको बाजी लगाएर काम गरिरहेका हामीहरूलाई निकाल्दा निकै आत्मबल खस्केको महसुस भएको छ,’ उनले भने, ‘यस्तो खाले रवैया कुनै पनि हालतमा ठिक होइन। जसकारण आज एक जनाले अकालमै ज्यान गुमाउनुप-यो। के सेवाको सम्मान आत्मदाह हो?’

जेठ १२ गते अस्पतालले खर्च धान्न नसक्ने भन्दै उनीहरूलाई जागिरबाट निकालेको थियो।

हिमाल र सिद्धार्थलगायत ३३ कर्मचारीले नियमित सेवा दिइरहेका थिए।

उनीहरूलाई जागिर छोड्नुपर्ने अवस्थाबारे जानकारी पनि थिएन। थियो त केवल अस्पतालमा बजेट अभाव भइरहेको खबर। त्यसैबीच अस्पताल प्रशासनले एकदिन सबै कर्मचारीलाई भेला गरेर केहीको जागिर गुम्ने सामान्य जानकारी गराएको थियो।

उनीहरूलाई भनिएको थियो आर्थिक अभाव भएकाले स्तरअनुसारका कर्मचारीहरूको करार अवधि सकियो भने म्याद थप नगर्ने।

तर, डेढ वर्षदेखि कार्यरत अहेब कुँवर एक्कासि मेलमा जागिर गुमेको पत्र आउँदा छाँगाबाट खसेजस्तै भए।

उनीसँगै सातजनाले एकैपल्ट जागिर खाएका थिए। त्यसमध्येमा अस्पतालले उनलाई मात्र निकाल्यो। ‘केही व्यक्तिको आफ्नो मनोमानीका कारण हामीलाई जागिरबाट निकालियो। विधि र प्रक्रियाअनुसार निकालिएन,’ उनले गुनासो पोखे।

स्थानीय नगरपालिका र जिल्ला समन्वय समितिलगायतका निकायले करार अवधि थप गर्न निर्देशन दिँदासमेत अस्पताल प्रशासनले टेरपुच्छर नलगाएको उनको भनाइ छ।
अस्पताल प्रशासनले गर्ने गरेका कमी कमजोरी औंल्याउने खालका मान्छेलाई छानीछानी हटाएको कुँवरको आरोप पनि छ।

‘कोरोना कहरबीच आफ्नो प्राणको बाजी लगाएर काम गरिरहेका हामीहरूलाई निकाल्दा निकै आत्मबल खस्केको महसुस भएको छ,’ उनले भने, ‘यस्तो खाले रवैया कुनै पनि हालतमा ठिक होइन। जसकारण आज एक जनाले अकालमै ज्यान गुमाउनुप-यो। के सेवाको सम्मान आत्मदाह हो?’

अस्पताल प्रशासनसँग कुन कारणले आफूलाई निकालेको भन्ने प्रश्न गर्दा कुनै जवाफ नआउने गरेको कुँवरले सुनाए।

‘म त सुब्बाबराबरको तलब खाने कर्मचारी मात्रै हो। मेरो २८ हजार २ सय रुपैयाँले अस्पताल धानिनै नसक्ने भन्ने होइन। हामी सामान्य तलब खाने तल्लो तहका कर्मचारीलाई निकालिएको छ,’ उनले पीडा पोखे, ‘लाखौं तलब खाने कर्मचारी त पहुँचको भरमा बसेकै छन्। बढी भार उनीहरूले पारेका हुन् कि हामीले?’

लाखौं तलब खाने कर्मचारीले भार नपार्ने, तर आफूहरू जस्ता कम तलब खानेले कसरी भार पार्छ भन्दै उनी आक्रोशित देखिए।

केही दिनअघि साथी सिद्धार्थलगायतले नगरपालिका र अरु निकायसँग आफूहरूको समस्याबारे अवगत गराउँदै समस्या समाधान गरिदिन पहल गरेका थिए। कतैबाट आफूहरूको आवाजबारे सुनुवाई नहुँदा सिद्धार्थ आत्मदाहको अवस्थामा पुगेको कुँवरले बताए।

साँफेबगर नगरपालिकाले पनि उनीहरूमाथि अन्याय भएको भन्दै जागिरबाट ननिकाल्न आग्रह गरेर अस्पताल प्रशासनलाई विज्ञप्तिमार्फत निर्देशन पनि दिएको थियो।
जिल्ला समन्वय समितिले पनि कोरोनाले स्वास्थ्यकर्मी अभाव भइरहेको समयमा करार अवधि थप गर्न आग्रह गरेको थियो।

तर, अस्पताल प्रशासनले कसैको कुरा मानेन। र, ३३ कर्मचारीलाई निकालिएको पत्र थमायो। जसको परिणाम आत्मदाहको अवस्था सिर्जना भएको पीडित कर्मचारीहरू बताउँछन्।

यी हुन् बयालपाटा अस्पतालबाट निकालिएका ११ नर्ससहित ३३ कर्मचारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय