भारतमा २४ घन्टाभित्र कोरोनाबाट ३३१ को मृत्यु, १० हजार संक्रमित

कोरोना भाइरसका कारण भारतमा एक दिनमा ३ सय ३१ जनाको मृत्यु भएको छ भने करिब १० हजार नयाँ संक्रमित थपिएका छन्।

भारतले कोरोना संक्रमितको संख्यामा इटालीलाई पछि पारेको छ। भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दिनप्रतिदिन बढिरहेको छ। सोमबार २ सय ६१ जनाको मृत्यु भएको भारतमा मंगलबार ३ सय ३१ जनाले ज्यान गुमाएका छन्।

बितेको २४ घण्टामा मात्रै भारतमा ९ हजार ९ सय ८७ जनामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ। सोमबार संक्रमितको संख्या ९ हजार ९ सय ८३ जना थियो।

योसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ४ सय ७३ पुगेको छ भने २ लाख ६६ हजार ५सय ९८ जना संक्रमित छन्। संक्रमितमध्ये १ लाख २९ हजार २ सय १५ जना निको भएका छन्।

भारतमा भाइरसको संक्रमितबाट सबैभन्दा बढी प्रभावित महाराष्ट्र बनेको छ। महाराष्ट्रमा भाइरसको संक्रमणबाट ३ हजार १ सय ६९ जनाको मृत्यु भएको छ भनेसंक्रमितको संख्या ८८ हजार ५ सय २८ जना पुगेको छ।

विश्वभर कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ४ लाख ८ हजार ७ सय ३७ जनाको मृत्यु भएको छ भने ७१ लाख ९९ हजार ५ सय ५४ जना संक्रमित भएका छन्। संक्रमितमध्ये ३५ लाख ३६ हजार ६सय ८६ जना उपचारपछि निको भइ घर फर्किसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय