यी आठ प्रकारका रोगीलाई अलग्गै राख्ने व्यवस्था मिलाउन निर्देशन

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले विभिन्न स्थानीय निकाएलाई प्रदेशका विभिन्न क्वारेन्टाइमा रहेका विशिष्ट शारीरिक अवस्था भएका र दिर्घ रोगीहरूलाई अलग्गै बस्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।

एक विज्ञप्ति जारी गर्दै निर्देशनालयले कोरोना कहरकाबीच मुटु, कलेजो, मिर्गौला सम्बन्धित दिर्घ रोगी र क्षयरोगी तथा एचआइभी/एड्सका संक्रमितलाई अलग्गै राख्न निर्देशन दिएको छ।

स्वास प्रवास सम्बन्धि दिर्घ रोगीहरू, छारे रोग र कडा खालका मानसिक समस्या भएका, गर्भवती महिला, शिघ्र कडा कुपोषण भएका बालबालिका, क वर्गका अपाङ्गता भएका, स्वास्थ्यकर्मीको प्रत्येक्ष निगरानी आवश्यक रहेका अन्य रोगीहरूलाई अलग्गै राख्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय