चितवनमा कोरोनाबाट एकको मृत्यु
जेठ २७ :चितवनमा एक जना कोरोना संक्रमितको मुत्यु भएको छ । भरतपुर महानगरपालिका ११का ६८ बर्षिय पुरुषको आज विहान मृत्यु भएको भरतपुर अस्पतालले जानकारी दिएको छ ।
उनको हिजो मात्र कोरोना पुष्टि भएको थियो । यसअघि नारायणी सामुदायीक अस्पतालको आईसीयूमा उपचार गराईरहेका ती पुरुषको कोरोनो पुष्टिभएपछि हिजो ९सोमबार० साँझ भरतपुर अस्पतालको आईसियूमा सारिएको थियो ।
उनमा मुट र निमोनियाको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । उनको ट्राभल हिस्ट्रि भने अहिलेसम्म खुलाईएको छैन ।
उनको शव भरतपुर अस्पतालको आईसीयूमै रहेको बताईएको छ । अहिले शवको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा छलफल भइरहेको छ