सुदूरपश्चिम पहाडका घरदैलाेमा डा‌. गोविन्द केसी

तस्बिर : पवन धामीको फेसबुकबाट

सुदूरपश्चिमकै विकट तथा हिमाली जिल्ला दार्चुला। जहाँ शिक्षा र स्वास्थ्यकाे गतिलाे सेवा छैन। गुणस्तरीय स्वास्थ्य सेवाका लागि दार्चुलावासीले कैलाली र भारत धाउनुपर्ने बाध्यता छ।

सामान्य स्वास्थ्य परीक्षणका लागि दुई-तीन दिन लगाएर कैलाली तथा भारत जानुपर्ने बाध्यताबीच जनताका डाक्टर भनेर चिनिएका डा. गोविन्द केसीले दार्चुलामा केही दिन बिताए।

उनले स्वास्थ्य क्षेत्रको विसंगति र सीमा हस्तक्षेपविरुद्ध आवाज उठाउँदै दुईदिन अनशन बसे अनि दार्चुलावासीको पीरमर्का बुझ्ने प्रयास गरे।

स्थानीयलाई रोग तथा बिमारसम्बन्धी परामर्श सरसल्लाह मात्रै दिएनन् उनले स्वास्थ्य चेकजाँच गरी औषधी, खानपान तथा सम्भव भएसम्म अस्पताल जानसमेत सुझाए।

डा. केसी गाउँपालिका पुगेपछि सर्वसाधारण औधी खुसी देखिए। स्थानीयवासीहरू स्वास्थ्य परीक्षणका लागि गाउँपालिकाको स्वास्थ्य चौकीसम्म आइपुगेका थिए।

सामान्य बिमारीको उपचार गर्न कैलाली र भारत हान्निनुपर्ने अवस्थामा राजधानी तथा देशकै ठूला डाक्टर गाउँमा पुग्दा सर्वसाधारणकाे स्वास्थ्यप्रति आशा पलाएको थियो।

स्थानीयलाई रोग तथा बिमारसम्बन्धी परामर्श सरसल्लाह मात्रै दिएनन् उनले स्वास्थ्य चेकजाँच गरी औषधी, खानपान तथा सम्भव भएसम्म अस्पताल जानसमेत सुझाए।

केही दिनका लागि भए पनि उनको सल्लाह र सुझाव सुनेर स्थानीय खुसी हुनुका साथै आफूलाई थोरै भए पनि सुरक्षित महसुस गरेको मार्मा गाउँपालिका स्वास्थ्य चौकीका सिनियर अहेब गोविन्द जोशीले बताए।

‘डा. केसी दार्चुलाजस्तो विकट ठाउँमा पुगेर स्थानीयको घाउमा मलम लगाउने काम गरिरहेका छन्,’ अहेब जोशी भन्छन्, ‘उनको सल्लाह र सुझावमा सर्वसाधारणले राहत महसुस गरिरहेका छन्।’

शनिबार साँझ मार्मा पुगेका डा. केसीले आइतबार ५१ जनाको स्वास्थ्य चेकजाँच गर्नुका साथै उनीहरूलाई परामर्श दिएका थिए। आज सोमबार पनि डा. केसी स्थानीयको स्वास्थ्य परीक्षणमा जुटिरहेको जोशीले जानकारी गराए।

डा. केसी स्वास्थ्य चेकजाँचका लागि आएकालाई सम्भव भएसम्म स्वास्थ्य चौकीमै पाइने औषधी लेखिदिन्छन्। यतिमात्रै होइन उनले सर्वसाधारणलाई रोगका बारेमा बताएर सान्त्वना दिने गरेका छन्।

डा. कोसी दार्चुलाको शैल्यशिखर नगरपालिका गोकुलेश्वरबाट आठ घण्टा पैदलै मार्मा पुगेका हुन्। गाउँपालिकाले सवारी साधन पठाए पनि उनले ३० किलोमिटरको दूरी हिँडेरै पार गरे।

डा. केसीलाई न थकान छ न त जिन्दगीको पर्वाह नै। उनी अनवरत जनताको सेवामा खटिन्छन्।

‘उहाँ (डा.केसी) गाउँपालिकाले पठाएको गाडीमा नबसी करिब ८ घण्टा हिँडेरै गाउँपालिकासम्म आउनुभयो, गाउँपालिकाले बाइकसमेत व्यवस्था गरेको थियो तर उहाँले बस्न मान्नुभएन,’ अहेब जोशीले सुनाए, ‘उहाँ सेवाभावले प्रत्येक गाउँपालिका घुमेर सेवा दिइरहनुभएको छ, उहाँ साँच्चिकै जनताको डाक्टर हुनुहुन्छ।’

डा. केसीलाई न थकान छ न त जिन्दगीको पर्वाह नै। उनी अनवरत जनताको सेवामा खटिन्छन्।

गाउँपालिकामा पुग्दा उनलाई स्वागत गर्न स्थानीयका साथै जनप्रतिनिधि तयार थिए। तर डा. केसीले स्वागत तथा माला नलगाइदिन आग्रह गरेका थिए। उनले आफू सामान्य मान्छे भएको बताइरहे।

सम्बन्धित गाउँपालिकामा भएको औषधी सिफारिस गर्छन् त, कतिपय दीर्घरोगीलाई के गर्ने, के खाने, कहाँ जाने भनेर पनि सल्लाह दिन्छन्।

कामलाई प्राथमिकता दिने र जनस्वास्थ्यका अलावा प्रत्येक स्थानीय तह पुग्ने केसीको स्वास्थ्य सेवाको यात्रा निरन्तर अघि बढेको छ।

सोमबार मार्मा गाउँपालिकाबाट डा. केसी जिल्लाकै सबैभन्दा विकट तथा टाढा रहेको अपी हिमाल गाउँपालिका जाने जोशीले जानकारी गराए।

‘धेरै बोल्न मन पराउनुहुन्न। आफ्नो कामलाई बढी प्राथमिकता दिनुहुन्छ,’ डा. केसीबारे जोशीले भने, ‘घण्टौं पैदल यात्रा र आफ्नो स्वास्थ्यको ख्याल नगरी प्रत्येक स्थानीय तह पुगेर निःशुल्क सेवा दिनु सामान्य काम होइन। उहाँको काम देखेर म त एकदमै प्रभावित भएँ।’

दार्चुला सदरमुकाम खलंगामा १० दिन सर्वसाधारणलाई स्वास्थ्य सेवा दिएका उनी तीन सूत्रीय मागसहित जेठ २० र २१ गते अनसन बसेका थिए।

दार्चुलालगायत सीमा क्षेत्रका नागरिकको समृद्धि, नेपालको सार्वभौमसत्ताको रक्षा तथा गुणस्तरीय शिक्षा र स्वास्थ्यमा सबैको पहुँच हुनुका साथै रोजगारीको व्यवस्था गरिनुपर्ने, भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन तत्काल पहल गर्नुपर्ने माग डा. केसीले राखेका थिए।

त्यस्तै, गण्डकी प्रदेशलगायत डडेल्धुरा, बर्दीबास, उदयपुर, इलामलगायतका ठाउँमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रियालाई द्रूत रूपमा अघि बढाई गेटा मेडिकल कलेजलाई छिटो सञ्चालनमा ल्याउनुपर्ने, कर्णाली र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस कार्यक्रम सञ्चालन गर्नुपर्ने माग थियो।

One thought on “सुदूरपश्चिम पहाडका घरदैलाेमा डा‌. गोविन्द केसी

  1. यति धेरै सम्मान छ कि म भन्न् सक्ने छैन ।।।

Leave a Reply to padam raj badu Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय