प्रदेश २ सरकारले थप चार पिसिआर मेसिन किन्ने

प्रदेश २ सरकारले थप चारवटा पिसिआर मेसिन खरिद गर्ने भएको छ।

स्वाब परीक्षणको दायरा बढानुपर्ने भन्दै मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको निर्देशक समितिले प्रदेशमा थप चारवटा पिसिआर मेसिन खरिद गर्ने निर्णय गरेको हो।

निर्देशक समितिको सोमबार सम्पन्न बैठकले पिसिआर मेसिन संचालनमा रहेको जनकपुर, वीरगंज र राजविरा प्रयोगशालामा थप १/१ र रौतटहको गौर अस्पतालमा नयाँ प्रयोगशाला स्थापना गर्ने गरी चारवटा पिसिआर मेसिन खरिद गर्ने निर्णय गरेको छ।

समितिले परीक्षण तथा उपचारको लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्ने निर्णय समेत गरेको बताइएको छ।

यसैगरी समितिले प्रदेशमा कोरोना परीक्षणलाई तिब्रता दिन थप ५० हजार भीटीएम खरिद गर्ने निर्णय गरेको छ । यसकासाथै परीक्षणमा प्रयोग हुने रिएजेन्ट लगायतका सामग्री समेत खरिद गर्न समितिले सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिएको मुख्यमन्त्री राउतको सचिवालयले जनाएको छ।

निर्देशक समितिले तेस्रो मुलुकबाट आउने नागरिकलाई प्रदेश प्रवेश विन्दुमा नेपाली सेनाले होल्डिङ्ग एरिया बनाई व्यवस्थापन गर्ने र काठमाण्डौंदेखि तोकिएको क्वारेन्टाइनसम्म जाँदाको खाना , खाजा आदिको खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय गरेको छ।

प्रदेश सरकारले स्वदेश आउन चाहने नागरिकहरुको समन्वय र सहयोग गर्ने जिम्मेवारी आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवलाई दिएको छ।

लकडाउनको कार्यान्वयन तथा व्यवस्थापनका लागि स्थानीय तह, स्थानीय प्रशासन र निजी क्षेत्रका संघ संस्थाहरुको सहकार्यमा आवश्यक रणनीति लागु गर्ने निर्णय समेत गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय