सुदूरपश्चिममा थप ३७ जनामा कोरोना पुष्टि

सुदूरपश्चिम प्रदेशमा सोमबार थप ३७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । प्रदेशका विभिन्न जिललाबाट संकलन गरिएको स्वाब संकलन गरी धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएको परिक्षणमा ३७ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।

सोमबार कोरोना पुष्टी भएकाहरुमा कञ्चनपुरका १९, दार्चुलाका १०, डडेल्धुराका ७ र कैलालीका एक जना रहेका सूचना अधिकारी श्रेष्ठले बताए । उनका अनुसार कञ्चनपुरको पुनरवास नगरपालिकाका १३ जना पुरुष, भीमदत्त नगरपालिकाका दुई महिला र तीन पुरुष र शुक्लाफाँटा नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको हो ।

यसैगरी दार्चुलाको शैल्यशिखर नगरपालिकाका ८ जना पुरुष, लेकम गाउँपालिका र महाकाली नगरपालिकाका एकरएक पुरुष, डडेल्धुराको परशुराम नगरपालिकाका तीन पुरुष, नवदुर्गा गाउँपालिकाका दुई पुरुष, अमरगढी नगरपालिकाका एक महिला र एक पुरुषमा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।

यता कैलालीको जानकी गाउँपालिकाका एक जना पुरुषमा पनि कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए । थपिएका नयाँ संक्रमित सहित सुदूरपश्चिममा एक सय ४७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

सुदूरपश्चिमका ९ जिल्ला मध्य कैलालीमा ४८, कञ्चनपुरमा ३२, अछाममा १५, डडेल्धुरामा १४, दार्चुलामा ११, डोटीमा १०, बझाङमा ७, बैतडीमा ६ र बाजुरामा तीन जनालाई कोरोना संक्रमण पुष्टी भएको छ । पुष्टि भएका मध्य दुईको मृत्यु भईसकेको छ भने १८ जना निको भएर घर फर्किसकेका छन् ।

अहिलेसम्म धनगढीको प्रयोगशालाबाट एक सय २९, सुर्खेतको प्रयोगशालाबाट १२, र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ जनामा कोरोना पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय