यी हुन् बयालपाटा अस्पतालबाट निकालिएका ११ नर्ससहित ३२ कर्मचारी
अछाम जिल्लास्थित बयालपाटा अस्पतालमा सरसफाइ कर्मचारीदेखि विशेषज्ञ डाक्टरसम्म छन्। ३३ कर्मचारीलाई जेठ १२ मा अस्पताल प्रशासनले अवकाश दिएको थियो। जसमा एक चिकित्सक र ११ नर्ससहित स्वास्थ्यकर्मी र कर्मचारी छन् ।
अस्पतालले आर्थिक समस्या आएको भन्दै कर्मचारी कटौती गर्नुपरेको जनाएको छ। न्याय हेल्थ नेपालले सञ्चालन गर्दै आएको यो सामुदायिक अस्पताल जिल्लाकै सुविधासम्पन्न मानिन्छ।
अस्पतालले निष्कासित भएको पीडामा सरसफाइ कर्मचारी सिद्धार्थ आउजीले साेमबार अस्पताल परिसरमै पुगेर आत्मदाह गरेका छन्।
अस्पतालले कर्मचारी कटौती गर्ने निर्णयसँगै जेठ १२ गते उनीहरूलाई अवकाश पत्र दिए पनि अस्पताल प्रशासनसँग कर्मचारी पुनर्वहालीको आसमा थिए।
त्यसबीचमा साँफेबगर नगरपालिका र जिल्ला समन्वय समितिले कर्मचारीलाई पुनर्बहाली गर्न अस्पताल प्रशासनलाई आग्रह गरेका थिए। तर, अस्पताल प्रशासनले कुनै सुनुवाइ गरेन।
कोरोना कहरबीच आफूहरूलाई जागिरबाट निकाल्दा कता जाने भनेर कर्मचारी आन्दोलित बन्दै आएका थिए।
१) जीवन बोहरा – सिनिएर इन्फ्रास्ट्रक्चर एसोसिएट
२) सिद्धार्थ आउजी – सरसफाइ
३) विशाल पण्डित – जुनियर सेक्युरिटी
४) रमेश बडाहित – सिनियर ल्याब टेक्निसियन
५) जनक कडायत- सिनिएर फ्यासिलिटिज एसिस्टेन्ट
६) पूर्णा थापा (रावल) – सरसफाइ सहयोगी
७) सोनु खड्का- सामुदायिक प्रोग्राम नर्स
८) हिमाल कुँवर – हेल्थ असिस्टेन्ट
९) धर्म कडायत – सञ्चार अधिकृत
१०) दिनेशकुमार स्वाँर – लजिस्टिक अफिसर
११) कौसिला तिमिल्सिना- हेल्थ असिस्टेन्ट
१२) भागी टमट्टा- सरसफाई सहयोगी
१३) यशाेदा भाट – सामुदायिक प्रोग्राम नर्स
१४) सीता साउद- सामुदायिक प्रोग्राम नर्स
१५) आशा भट्ट – सामुदायिक प्रोग्राम नर्स
१६) भावना वोगटि – सामुदायिक प्रोग्राम नर्स
१७) हरिजंग रायमाझी – सामुदायिक स्वास्थ्य अधिकृत
१८) ओमकार अधिकारी – क्लिनिकल सपोर्ट म्यानेजर
१९) भरत रावल – सरसफाइ
२०) कविता बड – अहेब
२१) राज्यश्वरी कुमाल – स्टाफ नर्स
२२) उर्मिला साउद – स्टाफ नर्स
२३) मीनबहादुर बोहरा – आइटी तथा दर्ता सहायक
२४) काजल जैसी – सिनियर फार्मेसी सहायक
२५) नवराज जोशी- अपरेसन अफिसर
२६) नीलम महरा- नर्सिङ अफिसर
२७) निर्मला जोशी- अनमी
२८) प्रदीप बोहरा- अहेब
२९) सोना सुनार – सामुदायिक प्रोग्राम नर्स
३०) रजनी खड्का – सामुदायिक प्रोग्राम नर्स
३१) विसम्भरा बोहरा – सामुदायिक प्रोग्राम नर्स
३२) हिउजल कुमाल – प्यासेन्ट नेभिगेसन असिस्टेन्ट
‘अस्पतालले जबरजस्ती हटाएपछि यसरी आत्मदाहको अवस्थामा पुगे सिद्धार्थ’