भरतपुरमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

चितवनको भरतपुरमा थप ७ जनामा कोरोना भाइरसकाे संक्रमणकाे पुष्टि भएको छ। भरतपुर कोभिड-१९ परीक्षण प्रयोगशालामा सोमबार गरिएको परीक्षणमा भरतपुरका थप ७ जनामा कोरोना पुष्टि भएको भरतपुर अस्पतालले जानकारी दिएको छ।

यससँगै चितवनमा आज मात्रै ३० जना कोरोना संक्रमित फेला परेका छन्। चितवनमा पछिल्लो समय थप भएका संक्रमित हुनेमा भरतपुर ११, १९, २० र २७ वडा नम्बरका व्यक्ति छन्। ७ जनामध्ये १ जना महिला रहेको भरतपुर अस्पतालले जानकारी दिएको छ।

भरतपुर महानगरपालिका ११ का २३ वर्षीय पुरुष, १९ का १९ वर्षीय पुरुष, २० का २३ वर्षीय पुरुष, २८ का १७ र ३५ वर्षीय पुरुष, २७ का १९ वर्षीया युवती र ३५ वर्षीय पुरुष छन्।

उनीहरू सबै भारतबाट आएको खुलेको छ। अहिले भरतपुर महानगरपालिकाले बनाएको क्वारेन्टाइनमा रहेका छन्। उनीहरूलाई उपचारका लागि ल्याउने तयारी गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय