चितवनमा २३ जनामा कोरोना पुष्टि, एककाे अवस्था गम्भीर

चितवनमा २३ जना कोरोना संक्रमित फेला परेका छन् । भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा शुक्रवार र शनिवार आएका ३ सय १० वटा नमुना परीक्षण गर्दा २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

भरतपुर अस्पतालले दिएको जानकारी अनुसार यी मध्ये १७ जना चितवनका हुन् । त्यस्तै पाँच जना नवलपुर र एक जना धादिङ्का व्यक्ति रहेको भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट श्रीराम तिवारीले जानकारी दिए ।

कोरोना संक्रमित मध्ये २ जना स्वास्थ्यकर्मीमा पनि कोरोना पुष्टि भएको छ । यस्तै निजि अस्पतालमा काम गर्ने १७ र २४ बर्षिय पुरुषमा पनि कोरोना पुष्टिभएको तिवारीले जानकारी दिए ।

पोजिटिभ देखिएकामध्ये भरतपुर–३ का ६८ वर्षीय पुरुषको अवस्था जटिल छ । उनको भरतपुरको नारायणी सामुदायिक अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।
त्यस्तै दुई जना कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुरमा उपचाररत बिरामी हुन् । उनीहरु २५ वर्षका पुरुष र ६६ वर्षीया महिला रहेको डा। तिवारीले जानकारी दिए । उनीहरु चितवनकै हुन् वा बाहिरको भन्ने एकिन जानकारी भरतपुर अस्पतालले खुलाइसकेको छैन ।

पोजिटिभ देखिएकामध्ये माडी नगरपालिकाका विभिन्न क्वारेन्टिनमा बसेका ६ जना छन् । उनीहरु सबै हालै भारतबाट आएका थिए । उनीहरुमध्ये १४ वर्षीया किशोरी छन् भने बाँकी ४६, २४, ४२, २० र २८ वर्षीय पुरुष छन् ।

भरतपुर महानगरपालिकाका ५ जना छन् । उनीहरुमध्ये भरतपुर–६ र २१ नम्बरका २ महिला र २ पुरुष हुन् । त्यस्तै भरतपुर–४ की २१ वर्षीया महिला हुन् ।
नवलपरासी सुस्ता पूर्वका ५ जना छन् । जसमध्ये ६३ वर्षका महिला तथा ३३, ३९, ४० र २१ वर्षका ४ जना पुरुष रहेका छन् ।

राजविराज–९ का एकजना महिला हाल बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत छन् । उनी ६२ वर्षकी छन् । त्यस्तै गजुरी गाउँपालिका वडा नम्बर ५ की ३२ वर्षीया महिलामा पनि कोरोना पोजिटिभ देखिएको छ ।

चितवनमा पहिलोपटक एकै दिन २३ जनामा कोरोना देखिएको हो । स्वास्थ्यकर्मीमा पनि कोराना देखिएको पहिलो चोटी हो ।
कोरोना पुष्टि भएका विरामीलाई भरतपुर ल्याईदै

चितवनमा आज ९सोमबार० कोरोना संक्रमण पुष्टि भएका विरामीलाई उपचारका लागि भरतपुर कोरोना विशेष अस्थायी अस्पतालमा ल्याउने तयारी गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीका अनुसार, उनिहरुलाई आज बेलुका सात बजेसम्म कोरोना अस्पतालमा उपचारको लागि ल्याईने छ ।

चितवनमा पुष्टिभएका संक्रमित मध्ये अहिले अस्पताल बाहिर १४ जना रहेका छन् । त्यसमध्ये क्वारेन्टाईनमा १०, क्वारेन्टाईनबाहिर ४ जना रहेको छन् । त्यसमध्ये माडीको क्वारेन्टाइनमा ६, भरतपुर महानगरपालिकाको क्वारेन्टाईनमा ४, जना रहेका छन् ।

क्वारेन्टाईनमा रहेका मध्ये एक जना बाहेक अन्य भारतबाट आएको खुलेको छ । अन्य संक्रमित यसअघि देखि नै चितवनका विभिन्न अस्पतालमा उपचार रहेका छन् । कलेज अफ मेडिकल साइन्सेसमा २, नारायणी सामुदायिक अस्पतालमा १ जना विरामी रहेका छन् ।

उनिहरुको अवस्था हेरेर कोरोना अस्पतालमा उपचार गर्न ल्याईने तिवारीले जानकारी दिए । यस्तै, भरतपुरका निजि अस्पतालमा कार्यरत चिकित्सकहरुलाई पनि आईसोलेसनमा राखेर उपचार गरिने भएको छ । क्यान्सर अस्पतालमा उपचारर भनिएकी राजविराजकी ६२ बर्षिय महिला हाल डिस्चार्ज भएर घर फर्किएको खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय