पाकिस्तानका पूर्वप्रधानमन्त्रीमा कोरोना संक्रमण

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ जेठ २६ गते १७:१८

पाकिस्तानमा पूर्वप्रधानमन्त्री शाहिद खकान अब्बासीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सोमबार उनको परिवार र पार्टीले उनमा कोरोना संक्रमण भएको जनाएको हो।

प्रधानमन्त्री नवाज सरिफ पदमा रहन अयोग्य घोषित भएपछि सन २०१७ देखि २०१८ सम्म १० महिना अब्बासी पाकिस्तानको प्रधानमन्त्री बनेका थिए। कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनी आइसोलेसनमा बसेका छन्।

योसँगै पाकिस्तानका रेलमन्त्री शेख रसिद अहमद र पञ्जाब प्रान्तका पूर्वस्वास्थ्यमन्त्री खावाजा सलमान रफिकलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ। पाकिस्तानको रेल मन्त्रालयका प्रवक्ताका अनुसार रेलमन्त्रीलाई कोरोना भाइरसको कुनै लक्षण नदेखिएको र अहिले उनी रावलपिण्डीमा रहेको आफ्नै घरमा आइसोलेसनमा बसेका छन्।

पाकिस्तानमा कोरोना भाइरसको संक्रमणबाट २ हजार १ सय ३२ जनाको मृत्यु भएको छ भने १ लाख ३ हजार ६ सय ७१ जनामा संक्रमण रहेको पुष्टि भएको छ। संक्रमितमध्ये ३४ हजार ३ सय ५५ जना उपचारपछि निको भई घर फर्किसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय